Sorry, that menu does not exist.
 

सिवाईसीव्दारा कर्मचारीलाई सुत्केरी सुविधा प्रदान !

सुमन जि.सी बागलुङ, २०७३ चैत २७ । यहाँ स्थित सामाजिक विकास संस्था चारतारे युवा क्लव सिवाईसी नेपालले संस्थाको बागलुङ शाखा कार्यालयमा कार्यरत कर्मचारी याममाया थापालाई मिति २०७३ चैत्र १८ गते पुत्र लाभ भएकोमा संस्थाका कार्यसमिति सदस्य सीता शर्माको नेतृत्वको टोलीले थापाको निवासमा पुगी बधाई तथा शुभकामना एवम् संस्थाको नियमानुसार रु २ हजार सुत्केरी सुविधा उपलव्ध गराएको छ ।

सुत्केरी सुविधा हस्तान्तरण गर्दै संस्थाका कार्यसमिति सदस्य शर्माले सुत्केरी अवस्था भनेको विशेष अवस्था भएकाले अरु समयमा भन्दा वढि स्याहारको आवश्यकता पर्ने हुनाले हेलचक्रयाई नगरी आमा तथा शिशुको ज्यान जोखीममा पर्न नदिन सुरक्षीत वानी व्यहोरा अपनाउन र स्वस्थ सन्तुलीत खाना खानको लागि सुझाव दिएका थिए ।

संस्थाले कर्मचारी कल्याण कोषको स्थापना गरी कर्मचारी र कर्मचारीको परिवारमा पर्ने सुख दुःखका क्षणहरुमा सहयोग र साथ दिदै आएको छ । सुविधा हस्तान्तरण कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक संगिता शर्मा पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply