तमानको रिक्लाङमा जीप दुर्घटना हुँदा चालक र सह–चालकको घटनास्थलमै मृत्यु !

बसन्त घर्ती, तमान (बागलुङ) २०७६ कात्तिक ९ । तमानखोला गाउँपालिका- १ रिक्लाङमा शुक्रबार राति यात्रुबाहक जीप दुर्घटना हुँदा जीपका चालक र सह–चालक दुबैको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप टुक्राटुक्रा परेको छ ।

तमानखोला गाउपालिका- १ तमानमा यात्रुहरुलाई पुयाएर ऐ वडा नं ३ बोँगादोभान फर्कदै गर्दा गएराति ८ बजेको समयमा ध १ ज ७०५ नम्बरको पिकअप जिप रिक्लाङको घुम्तीमा दुर्घटना हुँदा तमानखोला १ तमानका चालक वर्ष ३६ को झकबहादुर विक र ऐ बस्ने वर्ष २३ को सह–चालक ओमबहादुर गोतामेको मृत्यु भएको दुर्घटनास्थलबाट बोंगादोभान प्रहरी चौकीका प्रहरी हवल्दार देवीराम सुनारले ईबागलुङलाई जानकारी दिए ।

प्रहरी हवल्दार सुनारका अनुसार सडकको घुम्तीमा मोड नपुगेर जीप अन्दाजी १५ सय मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुर्घटनामा मृत्यु भएका सहचालकको शव केहि माथी र चालककको शव तल भेट्एिको बताईएको छ । राति नै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा आएको टोलीले दुबै शबको उद्दार गरी पोष्टमार्टमका लागी राति २ बजेको समयमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको पनि प्रह सुनारले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !