साँस्कृतिक कार्यक्रमका बीच सूर्योदय युवा क्लवको वार्षिकोत्सव सम्पन्न !

कमल पौडेल, गुल्मी मुसिकोट २०७६ कात्तिक ९ । सूर्योदय युवा क्लव मुसिकोट नगरपालिका वडा नं. ८ वामी मैदानको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित वडा स्तरीय भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।

कार्यक्रममा वडा अध्यक्ष नारायण सापकोटाले खेल स्वास्थ्य र राष्ट्रका लागि भएको भन्दै खेलाडी अनुषाशित हुनुपर्ने बताए । खेलले राष्ट्रिय एकतालाई वलियो बनाउने भन्दै अध्यक्ष सापकोटाले खेलकुद साथै कला सँस्कृतिको विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सचिव विमल छन्तेल, मुसिकोट नगरकार्यपालिका सदस्य सत्या जिसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो प्रतियोगीतामा वडा नं. १ पौदी अमराईको समुह ए प्रथम हुँदै २१ हजार १ सय २१ हात पारेको छ भने आयोजक सुर्योदय युवा क्लव वडा नं. ८ ले व्दितिय हुँदै १३ हजार ३ सय ३३ मा चित्त वुझाएको छ । सो प्रतियोगीतामा १७ समुहको सहभागिता रहेको थियो ।

त्यस्तै रेकर्ड नृत्यमा प्रियंका परियार प्रथम, सुर्योदय युवा क्लव व्दितिय तथा चिदिपानी समुद तृतिय भएका छन्। कार्यक्रममा लोकगायक गोविन्द विसी, ओम सेन्चुरी, नरेन्द्र परियार हास्य कलाकार कमल वराल र बालकृष्ण बराल लगाएतले साँगितिक तथा हास्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रम खेल संयोजक सन्दिप खत्रीको अध्यक्षता, क्लव सचिव उज्वल खत्रीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष सागर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !