बागलुङ जेसिजको अध्यक्षमा जोहन बज्राचार्य सर्वसम्मत !

बागलुङ २०७३ पुस २३ । बागलुङ जेसिजको ३९ औं शाखा अधिवेशनले जोहन बज्राचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

बागलुङ सदरमुकाममा सम्पन्न अधिवेशनबाट दुई कार्यकारिणी उपाध्यक्षमा एन्जिल शाक्य, मनोज बिक, चार उपाध्यक्षमा खेमराज शर्मा, सुअन श्रेष्ठ, रोशन खड्का, सौरभ श्रेष्ठ सर्वसम्मत चयन गरेको छ भने शाखा निर्देशकमा प्रकाश आचार्य र सोहन श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्षले शाखाको कानुनी सल्लाहकारमा सुरेन्द्र शाक्य, महासचिवमा राधा मल्ल, कोषाध्यक्षमा सुनिल श्रेष्ठ, शाखा सम्पादकमा लालकुमारी बस्नेत ‘अम्बिका’, तालिम संयोजकमा बलवहादुर थापालाई मनोनित गरेका छन् । अधिवेशनकोे पूर्व शाखा अध्यक्ष इन्दिरा श्रेष्ठले उद्घाटन गरेकी थिईन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष ऋषिराम गौतमले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *