त्रिशुली युवा क्लब घुस्मेलीले हरिवोधनी एकादशी मेला मनाउन उपसमिति गठन !

सविता खत्री, ताराखोला २०७६ कात्तिक ६ । घुम्टे हाम्रो सान पर्यटन बिकास हाम्रो अभियान भन्ने मुल नाराको साथ बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि त्रिशुली युवा क्लब ताराखोला गाउपालिका ३ हिल घुस्मेलीले हरिवोधनी एकादशी मेला विविध प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको छ ।

सो मेलालाई सफलताका साथ सम्पन गर्न आज बुधवार बसेको बैठकले कार्यक्रमको लागि अध्यक्ष जीवन बस्नेतको संयोजकत्वमा बिभिन्न समिती उपसमिति गठन गरेको छ ।

मेला ब्यबस्थापन समिति संयोजक गणेश बहादुर कार्की खेलकुद संयोजक मेख बहादुर थापा, धनुषबाण संयोजक स्लाल बहादुर धर्ती ,मन बहादुर रोका, कुल बहादुर घर्ती तोरण संयोजकमा खड्क बहादुर कार्की आर्थिक ब्यबस्थापन संयोजकमा राजन रामदाम, कलाकार संयाेजकमा बुद्धवीर थापा मन्च ब्यबस्थापन संयोजकमा शेर बहादुर खत्री अतिथि सस्कार संयोजकमा कर्ण बहादुर भण्डारी संचार तथा प्रचार प्रसार संयोजकमा दर्पण मगर ,सबिता खत्री (जिज्ञासु) सागर खत्री ,मन्दिप निउरे यातायात संयोजकमा भिम बहादुर साहनी ,यम बहादुर घर्ती ,मन बहादुर थापा, लक्ष्मण केशी स्वयम् सेवक संयोजकमा यदुमणि गौतम पसल ब्यबस्थापनमा शेर बहादुर खत्री ,कर्ण बहादुर भण्डारी यदुमणी गौतम विद्युत ब्यबस्थापन संयोजकमा दिपक खत्री बिकास रोका ,सरोज चालिसे रहेको क्लबका सचिब गणेश कार्कीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !