ज्ञान ज्योती सहकारी बिहुँको पाचौं साधारण सभा सम्पन्न !

कोपिला कँडेल बागलुङ २०७६ कात्तिक ६ । ज्ञान ज्योती महिला कृषि सहकारी संस्था काठेखोला गाउंपालिका ६ बिहुं सुल्डाडाको पाचौ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाको उद्घाटन काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले गरेक थिए ।

सो अवसरमा बोेल्दैै अध्यक्ष कँडेलले महिला सशक्तिकरणका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । सहकारीको माध्यमबाट बिभिन्न उत्पादनमुलक कार्य हुनुपर्ने चर्चा गर्दै वडा अध्यक्ष कंडेलले, सहकारीलाई वडा स्तरिय निर्माण गरेमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा सामुहिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बृहस्पति कंडेल, भिमसेन क्याम्पसका प्रमुख बालकृष्ण कंडेल नेपाल रेडक्रस सोसाइटी बिहुंकोट शाखाका सभापति श्री प्रसाद न्यौेपाने, भिमसेन प्राबिका प्रधानाध्यापक मान बहादुर केसी, शिक्षक नारायण कंडेल लगयतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष कल्पना गौतमले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष सुनिता कंडेलको प्रस्तुत गरेको आर्थिक प्रतिबेदन छलफल पछि सर्वसम्मत रुपमा पारित भएको थियो । सहकारी संस्थाका अध्यक्ष कल्पना गौतम कंडेलको अध्यक्षता , सदस्य सुशिला कंडेलको स्वागत मन्तब्य र सचिव सिता कंडेलको संचालनमा सम्पन्न भएकोे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !