बृहत नि:शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन ३,८५० जनाको स्वास्थ्य परीक्षण !

बागलुङ २०७६ कात्तिक ६ । धौलागिरी अस्पतालमा आयोजना गरिएको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरको आज पहिलो दिन ३ हजार ८ सय ५० जनाको स्वास्थ्य परीक्षण सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिएका छन् ।

शिविरमा ताईवानी र नेपाली डक्टरहरुको टोलीले नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनीयाँ ९ताईवान०औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी सेवा दिएका थिए । शिविर भोलि पनि सन्चालन हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !