सांसद छन्त्याल र पार्टी सभापति थापाको रोजाईमा तुलासिँह घर्ती ?
नेपाली काँग्रेसबाट सिफारिमा परेका चारैजना उमेदवारहरुको राजधानीमा डेरा !

बागलुङ क्षेत्र नं २ (ख) मा नेकपाले राजमोलाई समर्थन गर्ने बाम सहमति !

बुर्तिवाङ २०७६ कात्तिक ६ । बागलुङ जिल्लाको क्षेत्र नं २ (ख) बाट गण्डकी प्रदेश सांसदमा निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको निधन पछी आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसबाट सिफारिस गरिएका चारै जना उमेदवारहरु टिकटको दौडमा काठमाडौमा डेरा जमाएका छन् ।

उमेदवारमा सिफारिस गरिएका नेपाली काँग्रेस क्षत्र न २ का क्षेत्रीय समिति अध्यक्ष दोर्ण कुमार कुँवर, महाधिवेशन प्रतिनिधीहरु निसीखोला गाउपालिकाका तुलासिँह घर्ती, निसीखोलाकै टेकराज पौडेल तथा ढोरपाटन नगरपालिकाका जीतबहादुर शेरचन सबैले आफुलाई पार्टीलाई टिकट दिए जित्ने दलिल प्रस्तुत गर्दै पार्टी नेताहरुको घरदैलोमा धाई रहेको अवस्था छ । गत निर्वाचनमा बाम पार्टीको तालमेलबाट उमेदवार बनेका राजमोका घर्तीले ११८८४ मत प्राप्त गरी नेपाली काँग्रेसका उमेदवार जीत बहादुर शेरचन (८६२४) लाई ३२६० मतले पराजीत गरेका थिए । सिफारिस गरिएका उम्मेदवारहरु टिकटका लागी राजधानीमा बसेर न्वारन देखीको बल लगाईरहेको चर्चा जिल्लामा छ ।

यसैवीच काँग्रेस नेतृ प्रतिनिधी सभा सदस्य ज्ञानकुमारी छन्त्याल र पार्टी सभापति दिपेन्द्र बहादुर थापा मगर जनजातिले टिकट पाउनु पर्ने भन्दै तुलासिँह घर्तीको पक्षमा लबिङ गरिहेको काँग्रस बृत्तमा चर्चा छ । गत निर्वाचनमा उमेदवार बनेका जीत शेरचन यस पाली पनि आफुले टिकट पाउनु पर्ने बताई रहेका छन् । अर्कोतिर क्षेत्रीय सभापति दोर्ण कुुमार कुँवरले गत निर्वाचनमा आफुले टिकट नपाएपछी क्षेत्रीय सभापति पदबाटै राजिनामा दिएर आक्रोश व्यक्त गरेका थिए । यस उपनिर्वाचनमा आफुले टिकट पाउनु जायज रहेको बताउदै आएका छन् । उमेदवारका लागी सिफारिस गरिएका अर्का टेकराज पौडेलपनि टिकटका लागी राजधानीमा पलेटी मारेका छन् । उनी निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलका सहोदर भाई हुन् ।

उमेरले डाँडा काटेकालाई उमेदवार बनाउन दबाब दिने सांसद छन्त्याल र पार्टी सभापति थापाको जातिय राजनीतिले काँग्रेसलाई कुन भँडखाल्डोमा पु-याउने हो भनि काँग्रसी कार्यकता भित्र अर्को रडाको मच्चिएको छ ।


राजमोबाट उमेदवार सिफारिस गरिएका धर्म कुँवर र खीमबिक्रम शाही ।

यसैवीच केन्द्रमा आज, गत निर्वाचनमा बाम तालमेलबाट जो जहाँबाट उमेदवार बनेर बिजयी भएको छ त्यहाँ सोहि पार्टीको उमेदवारलाई समर्थन गर्ने बाम सहमती भएकोले बागलुङ क्षेत्र २ (ख) बाट राजमोले उमेदवारी पाउने सहमति भएको समाचार प्रकाशमा आएको छ ।
बागलुङ क्षेत्र नं २ (ख)बाट राजमोबाट धर्मबहादुर कुँवर र खीमविक्रम शाही वा स्व घर्तीकी श्रीमती सुनमयाँ घर्ती मध्य एक जनाले उमेदवारी दिने पक्का भएको राजमो सुत्रको दावी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !