राम माविको ४९ औँ वार्षिकोत्सव, शैक्षिक सुधार र विकास नगरपालिकाको प्रमुख प्राथमिकता- शर्मा

लक्ष्मण बिसि, फलेवास २०७६ कात्तिक ६ । फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरी पोखराचौर स्थित राम माध्यमिक विध्यालयको ४० औँ बार्षिकोत्सव तथा शिक्षक अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ ।

प्रविधिमैत्री शिक्षा शिक्षक विध्यार्थी र अभिभावक विच एकता गुणस्तरीय शिक्षामा हाम्रो प्रतिवद्धता भन्ने नारा सगैँ मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिकोत्सव कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिका नगरप्रमुख पदमपाणि शर्माले नगरपालिकाले शिक्षा क्षेत्रको सुधार र विकासमा ठुलो लगानी गरेको बताए । गुणस्तरीय शिक्षा विना असल नागरिक उत्पादन नहुने र असल र सक्षम नागरिक विना समाज विकासको परिकल्पना सम्मगर्न नसकिने भन्दै उनले शैक्षिक सुधार र विकास नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताए ।

बर्तमान समयको माग सगैँ नगरपालिका भित्रका सवै विध्यालयमा युग सापेक्ष प्रविधि मैत्री बातावरणमा पठन पाठनको व्यवस्थागर्न नगरपालिका अग्रसर रहेको उनको भनाई थियो । भौतिक र शैक्षिक दुवै क्षेत्रको समान ढंगले विकास गर्दै शिक्षा र समाज विकासमा आफुहको मुख्यध्यान केन्द्रित रहेको नगरप्रमुख शर्माले बताए ।

यस्तै शर्माले फलेवास नगरपालिका अन्य स्थानियतह भन्दा फरक ढंगवाट दीर्घकालीन विकासका कार्य संचालन गरेकोले परिणाम ढिलो आउने तर लामो समयसम्म नागरिकको हितमा रहने बताए ।

कार्यक्रममा फलेवास नगरपालिका ३ शंंकरपोखरीका वडा अध्यक्ष अर्जुन बहादुर केसीले शिक्षाको विकास र परिर्वतनको लागि जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

विध्यार्थीहरुको भविस्य शिक्षकहरुको हातमा रहेको भन्दै उनले जिम्मेवार र इमान्दार भएर अध्यापनमा लाग्न आग्रह गरे । कार्यक्रममा विध्यालयका प्रअ विष्णु प्रसाद भुसालले विध्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा शंकरपोखरीका अध्यक्ष कमल भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु बहादुर विक, नवकालिका सामुदायिक कल्वका सचिव प्रदिप भुसाल विध्यार्थी सुनिता भुसाल, सुन्दर भुसाल, लगाएतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिकोत्सव कार्यक्रमकै अवसरमा आफ्ना वुवाआमाको स्मृतिमा स्थानिय नारायण प्रसाद अधिकारीले विध्यालयको शैक्षिक क्षेत्रमा सहयोग स्वरुप एक लाखको अक्षयकोष स्थापना गर्दैे ५ सेट कम्प्युटर एक थान बल, जाली र पम्पसमेत विध्यालयलाई प्रदान गरेका थिए । बार्षिकोत्सव कार्यक्रमकै अवसरमा अक्षय कोषदाता, चन्दादाता तथा विध्यालयका सहयोगि विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

यसै विच उत्कृष्ट अभिभावकहरु, दीनानाथ शर्मा, बालिका रेग्मी र तार बहादुर विकलाई समेत सोहि अवसरमा सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकहरु होम प्रसाद भुसाल, तेज बहादुर कार्कि, नविन अधिकारी र रामचन्द्र भुसाललाइ पनि सम्मान गरिएको थियो ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रअ द्रोणराज भुसालले गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक रामचन्द्र भुसालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !