गुल्मी मालिकाको शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न, रु ६५ लाख रकम संकलन !

कौरव खत्री, गुल्मी २०७६ कात्तिक ५ । गुल्मीको मालिका माध्यमिक विद्यालयमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न भएको छ ।
मालिका गाउँपालिका ८ स्थित रहेको मालिका माध्यमिक विधालयले गत असोज २७ देखि शुरु भएको महायज्ञ सोमवार सम्पन्न भएको हो ।

विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विधालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञभरमा विद्यालयको लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिव ६५ लाख आर्थिक संकलन भएको महोत्सव सचिवालय स्रोतले जनाएको छ ।
साथै विद्यालयको लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुमा मालिका गाउँपालिका ८ का सुरेश पौडेलबाट १लाख,६५ हजार, मदाने गाउँपालिका ३का पुर्ण बहादुर जिसीबाट १ लाख, ५७ हजार, समाजसेवी डाक्टर युवकध्वज जिसीबाट १ लाख, ५६ हजार,५सय, त्यस्तै समाजसेवी तुल्सीराम अर्यालबाट १ लाख, ५१हजार, समाजसेवी मिन बहादुर खड्काबाट १ लाख २१ हजार र मदाने गाँउपालिका ३ का समाजसेवी लोक बहादुर केसीबाट ५१ हजार, ५सय, १ रुपैया र मालिका गाउँपालिका वडा न ८ का वडासदस्य पिताम्वर पौडेलबाट ५१ हजार, १ सय ७५ रुपैया लगायतबाट रकम संकलन भएको महायज्ञ सचिवालय स्रोतले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !