समाजसेवी केसीव्दारा मालिका विद्यालयलाई ५१ हजार आर्थिक सहयोग !

कौरव खत्री, गुल्मी २०७६ कात्तिक ४ । गुल्मीको मालिका गाँउपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महोत्वसको अवसरमा मदाने गाउँपालिका वडा नम्वर ३ निवासी समाजसेवी लोक बहादुर केसीले ५१ हजार, ५सय, १ रुपैया नगद रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

समाजसेवी केसीले जिल्लाका विभिन्न विद्यालय तथा संघ संस्थाहरुलाई आर्थिक सहयोग गदै आएका छन् ।

विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा संचालनार्थको लागि गत असोज २७ गते देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव आज सम्पन्न हुदै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !