रविना बोहरा, बागलुङ, २०७३ चैत २७ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत शनिवार बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा आयोजित कार्यक्रमको उद्घाटन पछि बोल्दै नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले समाज रुपान्तरणको वाधकका रुपमा रहेको दुव्र्यसनलाई नियन्त्रण गर्नका लागि राज्यले गंभिर चासो दिनु पर्नेमा जोड दिईन् । दुव्र्यसनका कारण समाज रुपान्तरणको अगुवाई गर्ने नयाँ पुस्ता शिथिल हुने भन्दै उनले यसलाई प्रभावकारी नियन्त्रणका लागि ध्यान दिनु आवश्यक रहेको बताईन् ।
युवाहरुलाई कुलतमा फसाउने अभियानमा सहयोग पु¥याउने धन्दामा लागेकाहरुको पहिचान गरी कार्वाही गरी कार्वाही गर्न उनले सरोकारवालाहरुको ध्यानाकर्षण गरेकी थिईन ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी सस्थाका सल्लाहकार डिलबहादुर कार्की, रामरेखा सामुदायिक सेवा केन्द्र रामरेखाका सल्लाहकार महेन्द्र आचार्य, अध्यक्ष दुर्गाबहादुर आचार्य लगायतले युवा पुस्तालाई गलत मार्गमा डो¥याउने भएकाले सबै मिलेर दुव्र्यसन नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए ।
आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी र दुव्र्यसन युवा पुस्तालाई सकारात्मक र रचनात्म्क कार्यमा संलग्न गराउन सकेमा दुव्र्यसन नियन्त्रणमा सघाउ पुग्ने धारणा राख्नु भयो । समाज रुपान्तरणको वाधक तत्व भएकाले सबै मिलेर यसको निवारण गर्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिनाले दुव्र्यसनले घरपरिवार तथा समाजमा पार्न सक्ने असर, न्यूनिकरणका उपाय लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक शान्ति श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसी हुमाको सञ्चालन र बानपा–१ का सामाजिक परिचालक लक्ष्मी बोहराको स्वागतमा सम्पन्न भएको थियो ।