निसीखोलामा १० वर्षिया बालिका अपहरण गरेर भाग्दै गर्दा कथित ज्योतिष प्रकाउ !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक ४ । निसीखोलामा बालिका अपहरण गरेर भाग्दै गर्दा एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ् ।

बुटवल घर बताउने ज्योतिष हुँ भन्दै गाउँगाउँ ग्रहदशा हेर्ने भनी हिँड्दै गरेका एक अपरिचित व्यक्तिले निसीखोला गाउँपालिका वडा नंं.२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० बर्षिया छोरी मिनाक्षी कुवँरलाई घरदेखिनै विभिन्न प्रलोभनमा पारी बुर्तिबाङतर्फ ल्याउँदै गरेको अवस्थामा स्थानीयले घटनाको बारेमा थाहा पाएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई खबर गरेसँगै बालीकालाई उद्धार गर्नुका साथै बालिका अपहरण गर्ने व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबा आमा काममा गएको मौका पारी सोमबार दिउसो साढे १२ बजेको समयमा घरमै एक्लै खेल्दै गरेकी ती बालिकालाई कपडा किनीदिने र एक हजार रुपयाँ समेत दिने प्रलोभनमा निज व्यक्तिले अपहरण गरेको बालिकाको भनाई उधृत गर्दे सहकर्मी तेजेन्द्र पौडेलले बताए ।

घरदेखि एक किलोमिटर टाढा बस्ति नभएको क्षेत्रतर्फ बालिकालाई कथित ज्योतिषीले लैजाँदै गर्दा प्रहरीले प्रकाउ गरेको प्रत्यक्षदर्शीले बताए ।
घटनाको बिषयमा निज व्यक्तिलाई आफुहरुले पक्राउ गरीसकिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले बताएका छन् ।

देशका विभिन्न स्थानमा अपरिचित व्यक्तिले बच्चा अपहरण गर्ने घटना बढ्दै गएको छ । केहि दिन यता भारतीय सीमाबाट विभिन्न रुप धारण गरेर बच्चा चोर्ने उद्देश्यले नेपाल प्रवेश गरेको समाचार प्रकाशमा आईरहेको बेला निसीखोलामा आज १० वषिया बालिका अपहरणमा परेकी हुन् । स्थानीयबासी र प्रहरीले निज कथित ज्यातिषलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।
,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !