दशैँमा टीका लगाएर संकलन भएको नगद रकम विद्यालयलाई हस्तान्तरण !

कौरव खत्री, गुल्मी २०७६ कात्तिक ४ । गुल्मीकी एक छात्राले दशैँमा टीका लगाएर संकलन भएको नगद रकम एक विद्यालयलाई दान गरेकी छन् ।

गुल्मी मदाने गाउँपालिका वडा नम्वर ३ की १५ वर्षीया बसुधा जिसीले दशैँमा टीका लगाएर संकलन भएको नगद पाँच हजार, एक सय रुपैया मालिका गाउँपालिका ८ मा रहेको मालिका माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेकी हुन ।

बसुधाले विद्यालयमा सञ्चालन भइरहेको शैक्षिक तथा धार्मिक महोत्सवको अवसरमा उक्क्त रकम सहयोग गरेकी हुन ।

आफूले पढ्दै गरेको विद्यालयले निकै ठूलो पवित्र कार्य आयोजना गरिहेको अवसरमा आफूले पनि केहि सहयोग गर्नुपर्ने सोचका साथ विद्यालयलाई रकम प्रदान गरेको छात्रा बसिधा जीसीले बताईन् ।

उनले आफूले जस्तै अन्य विद्यार्थीलाई समेत सहयोग गर्न अपिल गरेकी छन् । मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थको लागि असोज २७ देखि शुरु भएको महायज्ञको आज सोमवारसम्म चल्ने छ ।

विद्यार्थी जिसी सोही विद्यालयको कक्षा ११ मा शिक्षा शास्त्रमा अध्ययनरत विद्यार्थी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !