प्रभु बैंक लिमिटेड गल्कोट शाखाबाट पाण्डवखानीमा सुरक्षा भत्ता वितरण !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ कात्तिक ३ । प्रभु बैंक लिमिटेड शाखा गलकोटले पाण्डबखानीमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । प्रभु बैंक लिमिटेड शाखा कार्यालय गलकोटबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका –१० पाण्डबखानीमा वितरण गरेको हो ।

गलकोट नगरपालिकाको सहयोगमा प्रभु बैंक लिमिटेड शाखाका सञ्चालन प्रमुख शिशिर बम मल्लको नेतृत्वमा आएको टोलीले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

पाण्डबखानीका वयोवृद्ध वर्षिय उजिर पुनले समेत भत्ता बुझेका छन्। कार्यालयबाट ३०२ जनालाइ भत्ता वितरण गरिएको र आज पाण्डबखानीको रमुवामा बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लको टोलीको नेतृत्वमा वडा अध्यक्ष तिलक घर्ती, वडा सचिव भिमबहादुर घर्ती, मुख्य खजान्ची सुनिल चालिसे, ग्रहराकसेवा साखाका कर्मचारी दुर्गा बहादुर थापा सुरक्षागार्ड अफिसर खिमबहादुर मल्ल र पत्रकार सुरेश छन्त्यालले टोलिले २८ लाख १६ हजार ४ सय बालबालिका ४५ पुर्ण अपांग ८ दलित जेष्ठ ४४ जेष्ठ नागरिक १२६ पुर्ण अशक्त १० एकल महिला ३ विदुवा ६७लाई भत्ता वितरण गरिएको थियो भने भत्ता वितरण कार्यक्रम अवधिभर विच बाटोमा घर हुने बृद्धा अन्यलाइ भत्ता दिएको संचालक प्रमुख शिशिर बम मल्लले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !