एमाले र मधेशवादी दल देशलाई विखण्डन गर्न उद्दत रहेको सांसद जोशीको आरोप !

रोशन तिवारी, पर्वत, २०७३ चैत २७ । नेपाल शिक्षक संघ जैमुनी नगर समितिको अधिबेशन र नेपाली काँग्रेस जैमुनी नगर समितिको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वत क्षेत्र नं १ बा सांसद अर्जुनप्रसाद जोशीले स्थानीय तहको निर्वाचनमा काँग्रेसले देशैभरि वहुमत ल्याउने वताए् ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जित्ने थुप्रै आधारहरु रहेको दावी गर्दै सांसद जोशीले मुलुकमा प्रजातन्त्र स्थापना गर्न, लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न, संविधान वनाउन र जारी गर्न काँग्रेसले नेतृत्व गरेको वताए ।

‘अहिले संविधान कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि हामी पुरा गर्छौैँ जोशीले भने,‘ संविधान कार्यान्यवन पछि हामी विकासमा लम्कनु छ, ।
अहिले मुलुकलाई विखण्डनवाट जोगाउनुपर्ने जनाउँदै जोशीले एमाले र मधेशवादी दलहरु अहिले देशलाई विखण्डन गर्न उद्दत रहेको आरोप लगाए । उनले भने–‘ एमालेले मधेशी जनतालाई नेपाली नागरिक नै हैनन भन्ने अनि मधेशी दल दिनानुदिन नयाँ नयाँ माग थप्दै जाने कतै एमाले र मधेशी दल एकै ठाउँमा उभिएका त छैैनन ?

उनले एमालेको अराजक शैली र मधेशी दलको खोँचे थाप्ने मानसिकताले देश विखण्डन तर्फ उन्मुख भएको संकेत गरे । ‘मुलुक जोगाउने पार्टि त काँग्रेस नै रहेछ भनेर जनताले राम्रो संग वुझेका छन् जोशीले भनेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस वागलुङका सभापति दिपेन्द्रवहादुर थापा, क्षेत्र नम्बर २ का सपभाति नारायण शर्मा पौडेल,महासमिति सदस्य भीम श्रीस, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, नेविसंघका प्रदेश नम्बर ४ का उपाध्यक्ष डिल्लीराम सुबेदी, महाधिबेशन प्रतिनिधी मञ्जु चालिसे,प्रजातान्त्रिक प्रध्यापक संघका उपाध्यक्ष कमलराज सापकोटा, शिक्षक संघका पुर्व केन्द्रिय सदस्य ईन्द्रराज आचार्य, वाल्मिकी वहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति लक्ष्मण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक संघका टेकनारायण आचार्यको संयोजकत्वमा भएको कार्यक्रमको स्वागत शिक्षक संघका अध्यक्ष भीमप्रसाद सापकोटाले गरेका थिए भने सञ्चालन शिक्षक संघका पुर्व क्षेत्रिय सदस्य राजु शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.