तमान स्वास्थ्य चौकीबाट समायोजन भै जाने स्वास्थ्यकर्मीहरुको भावपूर्ण बिदाई !

बसन्त घर्तीमगर, तमानखोला २०७६ कात्तिक २ । तमान स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई आज एक कार्यक्रमका बीच भावपुर्ण बिदाई गरिएको छ । स्वास्थ्य चौकी तमानका सन्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष गिरबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रमका स्वास्थ्य चौकीका कार्यरत अहेबहरु चन्दन साह र जुना कुमारी कुँवर, अनमि अन्जुलाकुमारी मण्डल तथा अनमि सिर्जना शर्मालाई भावपूर्ण बिदाई गरिएको थियो ।

बिदाई कार्यक्रममा धनगौ ज्योति माबिका प्रधानाध्यापम मनबहादुर बुढाथोकीको विशिष्ट अतिथ्यता रहेको थियो ।

बिदाई कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिकी उपाध्यक्ष मन कुमारी बुढाथोकी मगरको स्वागत मन्तव्य रहेको थियो भने बसन्त घर्तीमगरले कार्यक्रमको सन्चालन गरेका थिए ।

सो अवसरमा स्वास्थ्य स्वयंसेविकाहरुको तर्फबाट शान्ति बुढाथोकी मगर, विदाई भै जाने तिनै जना कर्मचारीहरु, कुल बहादुर बुढाथोकी मगर, प्रमुख अथिति , अध्यक्ष गिरबहादुर बुढाथोकीबाट मन्तव्य व्यक्त गर्दै सरुवा भएर जाने सबै स्वास्थ्यकर्मीहरुले सरुवा भै जाने ठाउँमा पनि तमानमा जस्तै कर्तव्यनिष्ठ र जिम्मेवार भएर काम गर्न अनुरोध गर्दै तमानलाई माया नमार्न आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !