बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला सम्पन्न : पुरुष भलिबलमा गल्कोट, महिला भलिबलमा तमानखोला बिजयी !

छविलाल पाण्डे बुर्तिबाङ २०७६ कात्तिक २ । बुर्तिबाङमा ढोरपाटन नगरपालिका एवं बुर्तिवाङ राईजिङ युवाक्लबको संयुक्त आयोजनामा सञ्चालित कोजाग्रत पूर्णिमा मेला २०७६ एवम् प्रथम ढोरपाटन मेयर गोल्ड कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न खेलकुद एवम साँगितीक कार्यक्रमका साथमा सम्पन्न भएको हो ।

गत असोज २६ गते कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएको विविध कार्यक्रम अन्तर्गत ११ समुहको सहभागिता रहेको पालिका स्तरीय पूरुष भलिबल प्रतियोगितामा लगातार तिनसेट आफनो कब्जामा लिँदै गल्कोट नगरपालिकाले नगद रु १ लाख र २० ग्राम सुन जडित गोल्डकप हात पार्न सफल भएको छ । त्यस्तै दोश्रो स्थान तमानखोला गाउँपालिले लिन सफल भएको छ ।

उता ८ समुह रहेको महिला भलिबल प्रतियोगितामा बडीगाड गाउँपालिकालाई पछाडी पार्दै तमानखोला गाउँपालिका प्रथम भएको छ । उक्त समुहले नगद रु ६० हजार स्वर्ण जडित कप प्राप्त गरेको छ भने व्दितिय हुनेले नगद रु. ४० हजार प्राप्त गरेको छ ।

त्यसैगरी अन्य कार्यक्रम अन्र्तगत जिल्लास्तरीय व्यामिन्टन प्रतियोगितामा तिन गु्रपमा भएको खेलमा समुह ए तर्फ ढोरपाटन ४ का थमराना र नारायण राना प्रथम, ढोरपाटन १ का राजु पुन र देवनारायण बुढा दिर्तिय, गल्कोट हरिचौरका पवन हमाल र थम्मन सुनार तथा हटियाका भिमशेन श्रेष्ठ र बाबुराम चालीसे तृतिय भएका छन् ।

अर्काे समुह वि तर्फ हटियाका श्यामु राना र दिलिप श्रेष्ठ प्रथम, बुर्तिबाङका राजु पून र तेजेन्द्र केशि दिर्तिय, खर्वाङका अरुण खड्का र सरोज श्रीस , त्यस्तै बुर्तिबाङका अमर लोप्चन र धुर्व पुन तृतिय भएका छन् । समुह सी तर्फ तमानखोला गाउँपालिका बोङगादोभानका भवानीशंकर पून र सोम घर्तिमगर प्रथम, खर्वाङका अमर थापा र फारम थापा दिर्तिय, बुर्तिबाङका अमृत पून र भुवन शेरचन तथा बुर्तिबाङका दिल सेरपूजा र सन्तोष पुरी तृतिय भएका छन् ।

एकल डान्स प्रतियोगितामा बडीगाड गाउँपालिकाकी सुनार प्रथम, गल्कोटका रोशन घर्ति व्दितिय भएका छन् । पूरुष छेलो तर्फ ढोरपाटन १ बुर्तिबाङका किसान बिक प्रथम, यम रसाईली व्दितिय भएका छन् । कृषि प्रदर्शनीमा ढोरपाटन नगरपालिकाका एकबहादुर विक प्रथम, निसीखोला ५ का चुमबहादुर बुढा दिर्तिय भएका छन् ।

अन्य सहभागि सबै कृषकहरुले सान्तवना स्थान हासिल गरेका छन् । कार्यक्रमका अवसरमा महलिा छेलो, रस्साकस्सा, सामुहिक नृत्य, पञ्चेवाजा , तेक्वान्डो प्रतियोगिता, सम्पन्न भएका छन ।

कार्यक्रम सम्पन्न भएसँगै क्लब अध्यक्ष सोम पौवी यामुको अध्यक्षता, ढोरपाटन नगरपािलका नगरप्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रममा उत्कृष्टहुने खेलाडीलाई सम्मान पुरस्कार वितरण तथा कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई सम्मान कार्यक्रम गरीएको थियो ।कार्यक्रम क्लब महासचिव गोपाल महत र झरना कँडेलको सञ्चानलमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !