अर्गल खेलकुद बिकास मन्चको भुसपोल्ने पर्ब यही कातिक २३ गते !

मन्दिप निउरे, ताराखोला २०७६ कात्तिक २ । अर्गल खेलकुद बिकास मन्चको १३ औं बार्षिकोत्सव तथा एेतिहासिक भुसपोल्ने पर्ब यही कातिक २३ गतेदेखि २७ गतेसम्म हुने भएको छ । शुक्रबार मन्चका अध्यक्ष लोक बहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले विविध प्रतियोगितानामक एबम सास्कृतिक कार्यक्रम भब्य रूपमा मनाउने निर्णय गरेको छ ।

कायक्रमको अबसरमा खुल्ला वाड स्यरिय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता ,खुल्ला वाड स्यरिय धनुषबाण प्रतियोगिता ,ताराखोला गाउँपालिका भित्रको सोरठी नाच प्रदर्शनि ,एकल नृत्य प्रतियोगिता ,भाले छुने प्रतियोगिता ,साबिक अर्गल गाबिस भित्रका आमा समुहको महिला रस्साकसी प्रतियोगिताको आयोजना गरेको मन्चका सचिब सूर्य बहादुर घर्ती मगरले जानकारी दिए ।

कातिक २६ गते ४ बजे एतिहासिक छापे खन्ने प्रदर्शनी समेत रहने छ भने राष्टिय तथा स्यानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने क्लबका सचिब घर्तीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !