कात्तिक २ र ३ गते बागलुङमा ३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै !

बागलुङ, २०७६ कात्तिब १ । बागलुङ जिल्लाका ३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै छ । यही कात्तिक २ र ३ गते जिल्लाका सवै स्थानिय तहका हरेक बुथमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको छ । भिटामिन ‘ए’ को साथमा ३२ हजार ८ सय बालबालिकालाई चुकाको औषधी पनि खुवाईने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ६ महिना देखी ५ वर्ष भित्रका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखी ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी अनिर्वार्य खुवाउनु पर्दछ ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार हरेक वर्षको कात्तिक र बैशाखमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र चुकाको औषधी खुवाउने गरिन्छ । कार्यक्रमलाई सफल बनाउनका निम्ती जिल्लाका दश वटै स्थानिय तहमा भिटामिन ‘ए’ र जुकाको औषधी (अबलेण्डा झोल) पठाई सकिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए ।

कार्यालयका अनुसार बागलुङ नगरपालिकाका ७ हजार ६ सय, गलकोटका ३ हजार ६ सय, ढोरपाटनका ३ हजार ४ सय र जैमिनीका ३ हजार ६ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ । त्यसैगरी बरेङ गाउँपालिकाका १ हजार ६ सय, काठेखोलाका ३ हजार २ सय ताराखोलाका १ हजार २ सय निसीखोलाका २ हजार ८ सय तमानखोलाका ३ हजार ४ सय र बडिगाडका ३ हजार ६ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत गुरौले जानकारी दिए ।

जिल्लाका १० स्थानिय तह मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिका र सवै भन्दा कम ताराखोला गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । कात्तिक २ गतेको दिन विदाको दिन परे पनि जिल्लाका सवै केन्द्रमा स्वास्थ्यकर्मि र महिला स्वास्थ्य स्वयं सेविका खटिई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले बताए । भिटामिन ‘ए’ जुकाको औषधी खुवाउनका निम्ती आफ्ना बालबालिकालाई केन्द्रमा लैजानका लागि कार्यालयले अभिभावकलाई आग्रह गरेको छ ।
भिटामिन ‘ए’ ६ महिना देखी १२ महिना सम्मका लागि आधा क्याप्सुल खुवाईन्छ भने १२ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई पुरै एक क्याप्सुल खुवाईने छ । त्यस्तै जुकाको औषधी १ वर्ष पुरा भएका बालबालिकालाई मात्र खुवाईने छ । एक वर्ष देखी २ दुई वर्ष सम्मका लागि आधा चक्की र दुई वर्ष भन्दा ५ वर्ष सम्मका बालबालिकालई १ चक्की खुवाउने घिमिरेले बताए ।

भिटामिन ‘ए’ को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ । यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उनले जानकारी दिए ।

शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ‘ए’ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन समेत यसले मद्धत पु¥याउने स्वास्थ्यकर्मिहरु जनाउँछन ।

सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !