बानपा-३ खहरेमा बस दुर्घटना हुँदा १४ जना घाईते, गम्भीर २ जनालाई थप उपचारका लागी पोखरा रिफर !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ कात्तिक १ । बुर्तिवाङ देखी बागलुङ आउदै गरेको ग १ ख ५७०४ नं को यात्रुबाहक बस गए राति १.३० बजेको समयमा बागलुङ नगरपालिका ३ खहरेमा दुर्घटनाहुँदा त्यस्मा सवार २० जना मध्य १४ जना यात्रुहरु घाईते भएका छन् । घाईतेहरु मध्य २ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागी फिस्टेल अस्पताल पोखरा रिफर गरिएको धौलागिरी अस्पतालका मेडिकल अधिकृत रामप्रसाद खनालले ईबागलुङलाई जानकारी दिए ।

पोखरा रिफर गरिएका गम्भीर घाईते सुनिता बस्याल र सन्जय बोहोरा ।

क्रिश्चियन धर्म सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन स्थानीय क्रिश्चियन संस्थाहरुले सदरमुकामका विद्यालयहरुमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई लिएर असोज २९ गते बुर्तिवाङ गै हिँजो असोज ३० गते सदरमुकाम फर्किने क्रममा बागलुङ नगरपालिका खहरेमा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बसमा यात्रागरिरहेका विद्यार्थीहरुका अनुसार बसका चालक विकास बिकले अत्याधिक मदिरा सेवनगरी बस चलाएकोले दुर्घटना भएको हो । यात्रुहरुले चालकले घोँडाबाँधे रिजाल चोकमा मदिरा सेवन गरेको पनि बताए ।

दुर्घटनामा घाईते हुनेहरुमा बानपा ३ का वर्ष १८ का ईश्वर बिक, बानपा ४ बस्ने वर्ष २० की मनिषा विक, ऐ बस्ने वर्ष १९ की सिर्जना बिक, ऐ बस्ने वर्ष २१ की रेणुका लिम्बु, बडीगाड गाउपालिका ९ की वर्ष १६ की सोनिया मगर, ऐ बस्ने वर्ष १७ की विनिता थापा, बानपा १४ का वर्ष २३ का चन्द्रबहादुर परियार, बानपा ३ बस्ने वर्ष १५ की सुष्मिता किसान, ऐ बस्ने वर्ष १७ की सरस्वती किसान, बानपा ४ बस्ने वर्ष २४ का भविन्द्र बिक, बापना ७ बस्ने वर्ष १५की रचना बिक, बेनी नगरपालिका १३ बस्ने वर्ष २१की लक्ष्मी बिक, बानपा ३ बस्ने वर्ष २० को सन्जय बिक र बानपा २ बस्ने बर्ष ३६ की सुनिता बस्याल रहेको अस्पताल श्रोतले जनायो । घाईतेहरु मध्य बानपा ३ का सन्जय विक र बानपा २ का सुनिता बस्यालको अवस्था गम्भीर रहेकोले थप उपचारका लागी पोखर रिफर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईका अनुसार बसका चालक बिकास बिक फरार रहेको र निजको खोजी भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !