कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा शर्मा निर्वाचित !

कोपीला कंडेल, बागलङ २०७६ असोेज ३० । कल्याणकारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुुङ को १२ औ साधारण सभा नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाले पुनंं चुणामणि शर्मा उपाध्यायको अध्यक्षतामा नयां संचालक समिति सर्वसम्मतरुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा रुद्र प्रसाद शर्मा ,सचिव उमाकान्त शर्मा पौडेल सहसचिव किरण थापा क्षेत्री र कोषाध्यक्षममा बाबुराम शर्मा पौडेल रहेका छन् । त्यसैगरी संचालक समिति सदस्यहरुमा दुर्र्गा देबी शर्मा किरण शर्मा कंडेल यशोदा शर्मा पौडेल विपिन पौडेल ओमकार थापा प्र्रमिला रम्तेल रामराज शर्मा र राम प्रसाद घिमिरे रहेका छन् । त्यसैगरी भानुभक्त शर्मा संयोजक भुपेन्द्र केसी र बिमला कुमारी मल्ल सदस्य रहेको लेखा समिति चयन गरिएको संस्थाका सचिव कुमार प्रसाद उपाध्यायले जानकारी दिए ।

साधारण सभाको उद्घाटन कल्याणकारी बहुउदेश्यीय सहकारी संस्था लि.का सल्लाहकार दुर्गादत्त आचार्यले गरेका थिए । सो अवसरमा बोल्दै उनंले सहकारी सघं संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । ऋण उठाउन नसक्ने गरी लगानी गरे सहकारी स्वतं संकटमा पर्न जाने चर्चा गर्र्दै उनले सहकारीलार्ई उचाईमा पुर्याउनका लागि एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । आचार्यले आर्थिक सम्मृद्धि र समाजिक रुपान्तरणका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा सहकारीका सल्लाहकार तारा बहादुर बिक लेखा समितिका संयोजक रुद्र प्रशाद शर्मा पौडेल जिल्ला कृषि सहकारी सघंका उपाध्यक्ष मणिभद्र शर्मा शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश अधिकारी सियर सदस्य उमाकान्त पौडेल बिमला चापागाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा सहकारीका ज्यष्ठ नागरिक बा.न.पा ९ तित्याङ निवासी तिर्थ प्रसाद उपाध्याय त्यसैगरी उत्कृष्ट कारोबारकर्ता दिनेश अधिकारी कासीराम कंडेल शान्ति बोहोरा र बाल बचतकर्ता सुजल शर्मा लाई प्रशंसा पत्र सहित मायांको चिनोले सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका सचिव कुमार प्रसाद उपाध्यायले प्रस्तुत गरेको प्रगति प्र्रतिबेदन र कोषाध्यक्ष रेशमलाल शर्माले प्र्स्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

संस्थाले आर्थिक बर्ष २०७५,७६ मा ९ करोड ५९ लाख ९८ हजार ७ सय ६५ रुपयां आर्थिक काराोबार गरेको कोषाध्यक्ष शर्माको प्रतिबेदनमा उल्लेख छ । ५ सय २७ जना सेयर सदस्य रहेको संंस्थाको सेयर पुजीं ९८ लाख ३१ हजार रहेको छ । संंस्थाले आगामी आर्थिक बर्षका लागि १७ करोड ८२ लाख ७० हजारको प्र्रस्तावित कार्यक्रम पेश गरेको सचिच उपाध्यायले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चुणामणि शर्माको अध्यक्षता, उपाध्यक्ष ईश्वर ठाकुर पौडलको स्वागत मन्तब्य र सचिव कुमार प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !