सुमन जि.सी. बागलुङ, २०७३ चैत २७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो ८ औं स्थापना दिवस विविध कार्यक्रमहरु गरी शनिवार बागलुङ सदरमुकाममा मनाएको छ ।
मुल समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी संस्थाका शेयर सदस्य सांसद प्रकाश शर्मा पौडेलले सहकारीको माध्यमवाट गरिब, विपन्न तथा पछाडि परे पारिएका वर्गहरुमा आर्यआर्जनका अवसरहरु सिर्जना र आम्दानीका श्रोतहरुको खोजी गरी देशमा व्याप्त रहेको आर्थिक विपन्नतालाई समाधान गर्न सकिने धारण राखेका थिए । पौडेलले संस्था जन्माउने मात्र ठुलो कुरा नभएको बताउदै संस्थालाई संस्थागत र दिगो रुपमा युगौ युगसम्म सञ्चालनका लागि संस्थामा लाग्ने व्यक्तिहरुले धैरै मिहेनत गर्नुपर्ने भन्दैै सिवाईसीले त्यस्तो टिम पाईरहेको आफुले महसूस गरेको बताए ।
सिवाईसी सहकारीले सदस्यहरुको जन्म देखि मृत्यूसम्मका सुख दुःख एवम् हर क्षेत्रमा सहयोग र साथमा रहने गरी सञ्चालन गरेका गतिवीधिहरु प्रशंसनीय रहेको बताउदै जिल्लाको आर्थिक समृद्धि सहकारी मार्फत मात्र सम्भव रहेको पौडेलको भनाई थियो । कार्यक्रममा संस्थाका सल्लाहाकार एवम् वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, जिल्ला तरकारी उत्पादक सहकारी संघ लि. बागलुङका अध्यक्ष पार्वती आचार्य, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, संस्थाका पुर्व सल्लाहाकार काजी गाउँले श्रेष्ठ, सिवाईसी साकोस जापन च्यापटरका संयोजक एव्म जापन सेवा समाज विहुँका सह–संरक्षक लिलाधर कँडेल सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमारप्रसाद उपाध्याय, सदस्य सेवाकेन्द्र हटियाका लक्ष्मी खड्का, सदस्य सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजाल, शंखधर बहुमुखी सहकारी संस्थाका सुरेश श्रेष्ठ, संस्थाका पुर्व उपाध्यक्ष हरिप्रसाद शर्मा, सम्मानीत शेयर दम्पतीहरुको तर्फवाट सञ्जयश्याम राजभण्डारी लगाएतले संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा संस्थाको दिगो र संस्थागत विकासको लागि शेयर तथा सदस्यता बृद्धि अभियानमा योगदान पु-याउने शेयर दम्पतीहरु नेत्रप्रसाद/मेनकादेवी शर्मा, खगराज/अर्चना शर्मा, सञ्जयश्याम/सरीता राजभण्डारी, टिकाराम/मनीषा शर्मा, लिलाधर/राधा कँडेललाई दोसल्ला र सम्मान–पत्रवाट सम्मान गरिएको छ ।
त्यस्तै संस्थाका शेयर सदस्यका छोरा छोरी मध्ये आ.व. ०७२।०७३ को प्लस टु परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने अशोक सापकोटा, अर्जुन आचार्य र सार्थक श्रेष्ठलाई पनी नगद रु २ हजार र प्रशंसा पत्रले सम्मान गरिएको छ । भने संस्थाको दिगो र संस्थागत विकासको लागि शेयर पुँजी वृद्धि अभियानमा संस्थामा सबैभन्दा धैरै शेयर राखी योगदान पु¥याउनु हुने लिलाधर कँडेललाई खादा र सम्मान–पत्रवाट सम्मान गरिएको थियो । त्यस्तै संस्थाका सदस्य सेवाकेन्द्रहरु मध्ये संस्थाको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा उत्कृष्ठ कार्य सम्पादन गरे वापत सदस्य सेवाकेन्द्र हटियालाई नगर रु ५ हजार र प्रशंसा पत्रले सम्मान गरिएको थियो भने उत्कृष्ठ कर्मचारी पुरस्कार सदस्य सेवाकेन्द्र हटियाका प्रमुख रिमा भण्डारीलाई प्रदान गरिएको छ ।
संस्थाले आजकै दिनमा संस्थाका शेयर सदस्यहरु मध्येवाट ७५ वर्ष उमेर पुगेका भिमकुमारी उपाध्याय, धनकुमारी राजभण्डारी, शिवकुमार प्रधान, लालवहादुर घर्ति, नारायणदत्त उपाध्याय, हरिगोविन्द राजभण्डारी, कृष्णवहादुर श्रेष्ठ, ईन्द्रकला पौडेल, मुक्तिनाथ उपाध्याय, हस्तकुमारी उपाध्याय, खमवहादुर खत्री, छमकला खड्का, गम्भीरा खत्री, बैकुण्ठलाल शाक्य र हरिकला आचार्य गरी १५ जनालाई मासीक रु ५ सयका दरले पेन्सन सुविधा समेत वितरण गरेको छ । त्यस्तै संस्थाले उत्कृष्ठ कारोवारी ऋणी मनवहादुर कार्की, कला परियार, सीता कार्की, पार्वती शर्मा र उत्कृष्ठ कारोवारी बचत सिर्जना श्रेष्ठ, सिवाईसी नेपाल, भरत शर्मा, कृष्णा शर्मा र नारायण शर्मालाई सम्मान र संस्थामा कारोवार गरेवापत संरक्षीत पुँजी फिर्ता कोषवाट पाउने रकम चेक मार्फत हस्तान्तरण गरेको छ ।
प्रदेश नं. ४ को उत्कृष्ठ संस्थाको रुपमा आफुलाई स्थापीत गर्न सफल संस्था २०६६ चैत्र २६ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई २०६७ असोज २२ गतेका दिनवाट कारोवार शुभारम्भ गरेको संस्थामा हाल १ वटा केन्द्रिय कार्यालय ६ वटा सदस्य सेवाकेन्द्र, ५ हजार शेयर सदस्य, १५ करोड शेयर पुँजी, ३० करोड बचत, ४८ करोड लगानीमा रहिरहेको ऋण, ४ करोड कोष र २६ जना पूर्णकालीन कर्मचारीहरु रहेको संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी दिए ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संस्थाको प्रगतीको वारेमा प्रवन्धक शर्मा र सञ्चालन शिक्षा उपसमिति सदस्य वीरवहादुर किसानले गरेका थिए ।
यसैवीच जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका शेयर सदस्य बा.न.पा.–३ नीवासी सिर्जना श्रेष्ठलाई संस्थामा उत्कृष्ठ बचत कारोवार गरेवापत उक्त रकम श्रेष्ठलाई प्रदान गरेको छ ।
संस्थाले आफ्नो ८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाईरहेको सन्दर्भमा शनिवार मुल समारोहको अवसरमा श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । त्यस्तै संस्थाले उत्कृष्ठ कारोवार गर्ने ५१२ जना शेयर सदस्यलाई रु. ४ लाख ६३ हजार ८ सय २२ रुपैया संरक्षीत पुँजी फिर्ता कोष मार्फत फिर्ता गरेको छ । संस्थाले सोही अवसरमा संस्थावाट ऋण लगी भाखा ननघाई निरन्तर रुपमा किस्ता तथा ब्याज तिर्ने उत्कृष्ठ कारोवारी ऋणीको रुपमा हटिया–३ नीवासी मनवहादुर कार्कीलाई ३६ हजार संरक्षीत पुँजी कोष फिर्ता गरेको छ भने ५२ जना असल ऋणीहरुलाई ६ लाख ९५ हजार रुपैया संरक्षीत पुँजी कोष फिर्ता गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।
संस्थाले प्रदान गरेको रकम बुझ्दै उत्कृष्ठ बचत कारोबारी सदस्य श्रेष्ठले संस्थामा आफ्नो रु १ लाख बराबरको शेयर रकम रहेको र आफुले त्यो भन्दा पनी धैरै संरक्षीत पुँजी फिर्ता कोष मार्फत रकम प्राप्त गरेकोमा खुसी व्यक्त गरीन । उनले शेयरवाट प्राप्त गर्ने लाभांस ठुलो कुरा नभएको भन्दै निरन्तर असल रुपमा कारोवार गर्ने हो भने कयौं गुणा लाभासं नियमसम्वत नै सहकारीले दिनसक्ने रहेछ भन्ने आज पुष्टि भएको बताईन ।
त्यस्तै उत्कृष्ठ ऋणी कारोवारी सदस्य कार्कीले अन्य बैंक तथा वित्तीय संस्थाहरुको ऋण भन्दा सहकारीको ऋण महङ्गो हुन्छ भन्ने आम समुदायमा रहेको भ्रमलाई सिवाईसीले आज चिर्न सफल भएको बताए । कार्कीले संस्थावाट लगेको ऋणवाट आफुले हटिया बजारमा पानी उद्योग, केवल टिभी, कार्की साउण्ड लगाएतका विभिन्न उद्यमहरु सञ्चालनमा ल्याएको बताए ।