मासिक रु १ हजारमा जग्गा भाडामा लिएर गल्कोटमा व्यवसायिक फुल खेती !

गल्कोट २०७६ असोज २९ । गल्कोटका महिलाहरुले रु ३५ हजार लगानीमा पहिलो पटक व्यवसायिक फुलखेती सुरु गरेका छन् । उनीहरुले मासिक रु १ हजारमा जग्गा भाडामा लिएर व्यवसायिक फुल खेती सुरु गरेका हुन ! गल्कोटलाई फुल खेतीबाट चिनाउने लक्ष्य सहित महिलाहरु व्यवसायिक फुलखेतीमा आवद्ध भएका छन् ।

गल्कोट नगरपालिका -३ ले गत जेठ महिनामा पन्ध्र जना महिलाहरुलाई पन्ध्रदिने फुल खेती सम्वन्धी तालिमको व्यवस्था गरिदिएपछी स्थानीय महिलाहरुमा फुलखेती प्रति आकर्षण बढेको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । वडाध्यक्ष भण्डारीले फल खेतीको प्रवद्र्धनका लागी गत आवकम रु १ लाख बजेट विनियोजन गरेको पनि बताए ।

अहिले एउटा टनेलमा मात्र फुलखेती गरिएको भएपनि आगामी दिनहरुमा मौसमानुसारका फुलहरु उत्पादन हुन थाले पछी यसको माग निकै बढ्ने समुहकी सदस्य कमला थापा बोहराको विश्वास रहेको छ । समुहमा आवद्ध महिलाहरुले हाल तिहारलाई लक्षित गरी सयपत्री फुल उत्पादनमा केन्द्रित रहेको समुहकी अर्की सनस्य मीना श्रेष्ठले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !