गुल्मीको पौदीअमराई बाङ्गेमा सरायँ नाच सम्पन्न !

कौरव खत्री, गुल्मी २०७६ असोज २७ । वडा दशैको अवसरमा मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेको भगवतिमाई पुजा समितिद्धारा परम्परागत रुपमा सराय नाच प्रतियोगिता सम्पन्न भएको छ ।

पूर्णिमाको अवसरमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानले संस्कृति संरक्षणको लागि भगवतिमाई पुजा समितिको प्रयास प्रशसंनीय रहेकोले आगामी दिनामा यस्ता कला संस्कृतिको प्रर्वद्धनका लागि वडाले सहयोग गर्ने बताए । सोही अवसरमा वडा सदस्य गंगा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य जुद्धवीर विक, वडासचिव रण बहादुर थापा,वडा सदस्य गिता विक,समाजसेवी बुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

सोही सराय नाच खुल्ला सराय नाच प्रतियोगिता मुसिकोट नगरपालिका इश्मा गापा ४ का मान बहादुर घर्ति प्रथम,मुसिकोट नगरपालिका २का रण बहादुर नेपाली द्धितीय र सोही नगरपालिकाका इश्मा गापा ४ का दलबहादुर घर्ति तृतीय भएका छन् भने मुसिकोट नगरपालिका २ का निर्मला सिंह ठकुरी,डम्मर बहादुर सारु र प्रेम शाहीले सराय प्रतियोगितामा उत्कृष्ट भएका छन् भने ३१ जनाले सान्त्वना भएका छन् । विजेता सबैलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रम भगवतिमाई पुजा समिति मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने भगवतिमाई पुजा समितिका सचिव श्यामन्त नेपालीले गरेका थिए ।

२०६३ साल देखि निरन्तर रुपमा पूर्णिमाको अवसरमा भगवतीमाई पुजा समितिले परम्परागत रुपमा सराय नाच सञ्चालन गदै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !