बागलुङ सेवा समाज अमेरिकाको शुभकामना आदानप्रदान तथा टीका जमरा ग्रहण कार्यक्रम सम्पन्न !

निर्मल पौडेल, बागलुङ २०७६ असोज २७ । बागलुङ सेवा समाज अमेरिकाले विजया दशमी तथा शुभ दीपावलीको पावन अवसमा सामुहिक शुभकामना आदानप्रदान तथा टीका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड बडा दशैँ अन्तरगतको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन सामुहिक शुभकामना आदनप्रदान गर्दै टीका प्रसाद र जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङमा जन्मिएर हाल अमेरिकामा रहेका प्रवासी दाजुभाई तथा दिदीवहिनीहरु एकै ठाउँमा भेला भई हर्सोल्लासका साथ एक औपचारिक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरेका हुन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा नेपाल सरकारका महावाणिज्य दूत पुष्पराज भट्टराईले नेपालीहरुका चाडपर्वहरु अमुल्य सम्पती भएको भन्दै यस्ता चाडवाडहरुले नेपालीहरुमा भाईचारा र भातृत्वको सम्वन्धलाई प्रगाढ वनाउने वताए । भट्टराईले प्रवासमा रहेर पनि मातृभुमिको वारेमा सदैव चिन्तन गरिरहने दाजुभाई तथा दिदिवहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना गर्दै प्रवासमा पसिना वगाएर आर्जन गरेको आम्दानी स्वदेशमा लगानी गर्न आग्रह समेत गरे ।

यस्तै कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाका अध्यक्ष हरिप्रसाद शर्माले प्रदेशिनु रहर नभई वाध्यता भएको भन्दै नेपालीहरुको यस्तो वाध्यता हटाउनका लागि राज्यले स्वदेशमै उचित किसिमको रोजगारीको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए । अमेरिकाको न्यूयोर्क उडसाईड एलमहष्र्ट सत्यनारायण मन्दिरमा गरिएको कार्यक्रममा बागलुङ मातृभुमि भई अमेरिकाका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका रोजगारीहरु गर्दै आएका करिव १ सय ५० जना भन्दा वढीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु तिलक वम मल्ल ,विमल डाँगी ,मधुर गिरी र संगिता थापा मगर लगायत अमेरिकामा रहेका स्थानिय नेपाली कलाकार हरुको विशेष सांगीतिक प्रस्तुती रहेको युवा समाजसेवी वासु पौडेलले जानकारी दिए ।

कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकामा रहेर संस्थालाई योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !