NYC ताराको १६ औं बार्षिकोत्सबका लागि विभिन्न उपसमिति गठन !

ताराखाेला २०७६ असाेज २६ । नबसृजना युवा क्लब( NYC) ताराको १६ औं बार्षिकोत्सब तथा दिपावली मेलाको लागि बिभिन्न उपसमिति गठन गरिएको छ। क्लबको आज सम्पन्न बैठकले बार्षिकोत्सबको तयारी र ब्याबस्थापनका लागि विभिन्न समिति गठन गरेको क्लब का अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिए ।

बैठकले पूर्णभद्र निउरेको संयोजकत्वमा १० सदस्यीय आर्थिक संकलन समिती , कोषाध्यक्ष जि एम को संयोजक रहेको ५ सदस्यीय प्रचार प्रसार समिती , भिम रोका को संयोजकत्व १५ सदस्यीय मेष ब्यबस्थापन समिति , सृजनशिल महिला समूहको संयोजनमा अतिथी सत्कार समिती गठन गरेको छ ।

त्यसै गरि प्रतियोगितात्मक कार्यक्रम ब्यबस्थापन र सन्चालनका लागि आम बहादुर घर्तिलाइ प्रौढ भलिबल , टकेन्द्र घर्तिलाइ वडा स्तरिय पुरुष भलिबल , मनिषा थापा लाई महिला भलिबल , कोख बहादुर रोका लाई धनुषबाण प्रतियोगिता ,हिमाल थापा मगर लाई सामुहिक लोक नृत्य, क्लब का सल्लाहकार संयोजक नरेश के सि लाई डबल ब्याड मिन्टन प्रतियोगिता र हरि प्रसाद घर्तिलाइ क्यारिम बोर्ड प्रतियोगिताको संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

क्लबले बार्षिकोत्सबको अबसरमा कार्तिक १३ देखि १७ सम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको छ ।

बार्षिकोत्सबको अबसरमा प्रतियोगितात्मक कार्यक्रम संगै गाउपालिका भित्रका विभिन्न क्षेत्र मा सहयोग पुर्याउने ब्यक्तीलाई ब्यक्तित्व सम्मान , ज्येष्ठ नागरिक सम्मान र बिपन्न र जेहेन्दार बिद्यार्थिलाइ क्लबको तर्फबाट छात्राबृती प्रदान गर्ने तयारी गरिएको क्लबका प्रथम उपाध्यक्ष धन बहादुर घर्तीले जानकारी दिए । बैठक क्लब अध्यक्ष पूर्णभद्र निउरेको अध्यक्षता र कोषाध्यक्ष जि एम जितु को संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !