कोजाग्रत पूर्णिमा : नेपाली काँग्रेसको चियापान कार्यक्रम सम्पन्न !

बागलुङ, २०७६ असोज २६ । नेपाली काँग्रेस बागलुङले सधैझै यस वर्ष पनि बिजया दशमी, शुभ दीपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन काँग्रेसले देशव्यापी रुपमा चियापान कार्यक्रम गर्ने गर्दछ ।

आईतबार विहान बागलुङ सदरमुकाममा गरेको कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुख, विभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले आगन्तुकलाई स्वागत गर्दै चिया र खाजा वितरणमा आफै सक्रिय भएका थिए । उनले सवैलाई स्वागत गर्दै शुभकामना समेत भन्न भ्याएका थिए । चियापान कार्यक्रमको शुभारम्भ काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेलले गरे उनले । काँग्रेसले बर्षौ देखी गरेको कार्यलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

काँग्रेसका भातृ एवं सुभेच्क्षुक संस्था र नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रम दशैँको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको काँग्रेस बागलुङका पाटी सचिव नवराज पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !