उता श्रीमान बैदेशिक रोजगारीमा, यता घरमा श्रीमतीको चर्तिकला यस्तो, गयो ज्यान … !

बुर्तिवाङ २०७६ असोज २५ । तीन दिन पहिले असोज २३ गते बुर्तिवाङ बजार भब्रेटाकी एक जना १३ वर्षिया किशोरीले प्रेमजालमा परेर जीवनलीला समाप्त गरेको घटना सेलाउन नपाउदै आज निसीखोला गाउपालिका बोहोरागाउकी २५ वर्षिया युवतीले घर देखी ४० मिटर नजिकै रहेको काउलाको रुखमा झुण्डिएर मृत्य अवस्थामा निजको शव फेला परेको छ ।

भब्रेटाकी किशोरी बुटवल तिरको एक युवकसंग प्रेमजालमा परेर आफ्नै घरको तलामा झुण्डिएर मृत्युवरण गरेको समाचार प्रकाशमा आएको थियो भने आज निसीखोला ३ बोहोरागाउकी एक बिबिहिता महिलाले दुश्चरित्रका कारण ज्यान फालेकी छिन् ।

समाचार श्रोतका अनुुुसार गत असोज २२ गते एक जना परपुरुषसंग संगै बसेको अवस्थानमा निज युवतीलाई जेठाजुले फेलापारेपछी निज युवकलाई निर्घात कुटपीट गरी प्रहरीलाई बुझाएका थिए । त्यस घटना पश्चात युवती सम्पर्कमा नआएकी र आज मात्रै मृत अवस्थामा प्रहरीले फेला पारेको बताईएको छ । कृटपीटबाट घाईते भै खुटमा चोट लागेका नवीन चन्दलाई उपचारार्थ पाल्पा पठाईएकोमा निज युवती मृत भेट्टिएपछी निजलाई आजै बीचबाटो बाटै फिर्ता बोलाई प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । लासको प्रकृति हेर्दा २२ गते तिरनै ती युवतीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

स्मरणीय छ, मृतक युवतीको पाचवर्ष पहिले बिबाह भएको थियो भने निजका पति रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । उनीबाट कुनै बच्चाको जायजन्म भएको छैन । निज युवका दशैमा टीकलगाउन मावल बाहोरागाउ आएका थिए ।

यौवना वस्थामा रहेकी श्रीमतीलाई घरमा छोडेर रोजगारीका लागी विदेशिने गर्दा परपुरुषसंग अनैतिक यौन सम्वन्धका कारण समाजमा धेरै परिवारको बिचल्ली हुने गरेको यस घटनाले पुष्टि गरेको छ ।

यसैवीच बागलुङ नगरपालिका ७ तित्याका ४५ वर्षिय राजु परियारले हिजो घरको तलामा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टरँईले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !