सरकारले प्रस्ताव गरेको संविधान संशोधनले देशको हित गर्दैन : एमाले नेता विष्ट

कमल पौडेल, गुल्मी (वामी) २०७३ चैत २६ । नेकपा एमालेका केन्द्रिय सचिव एवं पूर्व मन्त्री गोकर्ण विष्टले नेपालको संविधानले सम्वृद्ध नेपाल तथा सुखी नेपालीको परिकल्पना गरेको वताएका छन् । संविधानमा उल्लेखित मौलिकहकहरु कार्यान्वयन गर्न सक्ने हो भने नेपालीका सपना पुरा हुने भन्दै विष्टले सरकारले प्रस्ताव गरेको संविधान संशोधनले देशको हित नगर्ने वताए ।

सदियौं देखि मिलेर वसेको हिमाल, पहाड र तराईलाई टुक्राउने, नेपालका मातृभाषालाई कमजोर वनाउने, विदेशी नागरिकलाई नागरिकता दिने, र हिमाल पहाडलाई राष्ट्रिय सभामा प्रतिनिधित्व विहिन वनाउने षड्यन्त्र स्वरुप संशोधन आएको भन्दै एमालेले कुनै पनि हालतमा पास गर्न नदिने वताए ।

नेकपा एमाले मुसिकोट नगरपालिकाको अगुवा कार्यकर्ता भेलामा वामी टक्सारमा संवोधन गर्दै विष्टले सो कुरा वताएका हुन्।

विष्टले राष्ट्र रहे मात्रै एमाले रहने भन्दै पहिलो प्राथमिकता राष्ट्र हुने र राष्ट्रले कहिल्लै हार्न नहुने वताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सांसद कमल श्रेष्ठले देश सम्वृद्धिको सपना देख्नेलाई पागल भन्ने गरिएको बताएका थिए । गौतम वुद्ध, लक्ष्मी प्रसाद देवकोटा लगाएतका विलक्षण युक्त व्याक्तिहरुलाई पनि पागल भनिएको भन्दै श्रेष्ठले केपि ओलीलाई पागल भन्नेहरु के हुन्? भनी प्रश्न गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, नेकपा एमाले पूर्व लुम्विनि अञ्चल कमिटि सदस्य खड्क केसि, रामकृष्ण कँडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा एमाले मुसिकोट नगरपालिकाका संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य जीवन खरेलको अध्यक्षता, जिल्ला कमिटि सचिवालय सदस्य तथा उपसंयोजक कमला शर्माको स्वागत मन्तव्य तथा क्षेत्रिय कमिटि उपसचिव प्रकाश काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।

करिव २ हजार अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको सो भेलामा काँग्रेसको गढ मानिने साविकको अर्लाङ्कोट गाविसवाट नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेस पार्टि परित्याग गरि एक सय वढि कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । त्यस्तै साविकको वडागाउँ गाविसवाट पनि एक सय वढि कार्यकर्ता र मुसिकोट, कुर्घा, आँपचौर लगाएतका गाविसहरुवाट एक सय गरि तिन सय भन्दा वढि कार्यकता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.