बुतिवाङमा १३ वर्षिया किशोरीको मृत्यु रहस्यमय !

छबिलाल पाण्डे, बुतिवाङ २०७६ असोज २३ । ढोरपाटन नगरपालिका वडा नं.१ भव्रेटामा एक किशोरीले आत्महत्या गरेकी छन् । बिहिबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा सलको पासो लगाएर १३ बर्षिया सुनिता खत्रीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

उत्तरगँगा मावि बुर्तिबाङमा कक्षा ८ मा अध्ययनरत खत्रीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन् । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !