कुस्मीसेरामा काङ्ग्रेसको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न !

कुस्मीसेरा, २०७६ असाेज २३ । नेपाली काङ्ग्रेस जैमिनी नगरपालिका -१ कुस्मीसेराले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सप्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल बिधार्थीका निबर्तमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुबेदीले काङ्ग्रेसले रास्ट्र निर्माणका निम्ति ठूलो भुमिका खेलेको बताए । उनले कम्युनिस्टलाई काउन्टर गर्नका निम्ति काङ्ग्रेसले जागरण अभियान मार्फत संगठन सुदृढीकरण अगाडि बढाएको बताए ।उनले सरकारका कमजोरी लिएर काङ्ग्रेस जनताका बीच जान जरुरी रहेको बताए । सुबेदिले कम्युनिस्टहरु जनतालाई भए छरेर खान पल्केको आरोप लगाए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव बिष्णु आचार्य जैमिनी नगरपालिका १ का वडा अध्यक्ष भुपिन्द्र बहादुर थापा नेपाल प्रेस युनियन बाग्लुङका सचिव नारायण रिजाल स्व.वि.यु धौलागिरी बहुमुखी क्याम्पसका उपाध्यक्ष बालकृष्ण शर्मा, नेपाल शिक्षक संघ जैमिनिका अध्यक्ष टेकनारायण शर्मा, नेपाल रेडक्रस सोसाइटी कुश्मिसेराका सभापति ऋषिराम शर्मा नेबि संघ प्राकृतिक श्रोत क्याम्पस कास्कीका इकाई अध्यक्ष सुजन सापकोटा, कुस्मीसेराका पुर्ब पाटी सभापति होमनाथ शर्मा हरिप्रसाद शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम काङ्ग्रेस जैमिनीका समयोजक एव कुस्मीसेराका सभापति काशिराम आचार्यको अध्यक्षता डिल्ली प्रसाद शर्माको स्वागत र सचीव मुक्तिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !