नगरप्रमुख हेलिकप्टरमा घुम्ने, नगरबासी दशैँमा घरजान गाडी चढ्न नपाउने, कस्तो ढोरपाटनबासीको बिडम्वना ?

ढोरपाटन २०७६ असोज १९ । ढोरपाटनमा बसोबास गर्दै आएका बोवाङ अधिकारीचौरबासी असोजको २५ गते देखी बेसी झर्न सुरुगर्छन । लेकमा लगेका गाईबस्तु भेँडा बाख्राहरुलाई साथै लिएर बेसी झर्ने पुरानो प्रचलन रहेको छ । यसरी जाडो छल्न बेसी झरेका ढोरबासीहरु फागुन महिनाको आखिरीतिर सबै बस्तुभाउ लिएर ढोर उक्लन्छन् । यस्तो छ त्यहाँको जीवन चक्र ।

पछिल्लो समय ढोरपाटनमा विकास निर्माणले फड्को मार्दा केहि परिवर्तन आएको छ । दिनहुँ जसो ढोरको आकाशमा हेलिकप्टर उडिरहेका देख्न सकिन्छ । ठुलाबडाहरुलाई हेलिकप्टरमा ढोरपाटन सयर गराईन्छ, उनिहरुलाई के थाहा ? आम नगरवासीलाई दशैको महान चाडमा घरमा पुग्न मोटर पनि नसीव हुन्न ? रमणीय पर्यटकीय स्थल भनेर भुतुक्कै हुनेहरु हेलिकप्टरकै धुनमा सडक यातायातको कुरै गर्न छोडेको देखिन्छ । हेलिकप्टरबाट झिना मसिना खानेपानी योजनाहरुको अनुगमन गर्ने बानी परेपछी सडक यातायातको खाँचो पनि त्यति रहेन नेताहरुलाई, भन्छन यहाँका बृद्धाहरु ।

यस पालीको दशैँ असोज २५ गते भन्दा पहिले परेकोले ढोरमा बसेका आफन्तहरुलाई टीको टालो गर्न बेसीझरेका बुढापाकाहरुलाई दशैँको हतारो छ । दशैँ सँघारमा आईपुग्दा सम्मपनि ढोरपाटन निवासी असाहाय बृद्धहरु गाडी चढेर ढोरपाटन पुग्न सकेका छैनन् । बोवाङको फलिया घरको उकालोमा सडक मरमत नगरिनाले ढोरपाटन पुग्ने सयौ अशक्तहरु हिँडेरे ढोर पुग्न बाध्य छन् । हिँजो साँझ छोराका साथ लागेर ढोरपाटन पुगेका स्थानीय एक बृद्धले भन्दै थिए, पाँँच सात लाख रुपयाँ खर्चगरेर नगरपालिकाले सडक मरमत गरिदिएको भए बुढेसकालमा यस्तो सास्ती त हुने थिएननि । यतिमात्र पनि होईन, मुलुककौ आकर्षक पर्यटकीय गन्तव्य बनेको ढोरपाटन यहि फलिया घरको सडक मरमत नहुँदा बुर्तिवाङ सम्म आएर फर्कने गरेका छन् ।

तीजी कार्यक्रममा लाखौँ खर्च गरेर वाहीवाही बटुल्नेहरु, मेयर कप प्रतियोगिता सन्चालन गरेर आफ्नै सम्पति जस्तो नगरपालिकाको तीसौ लाख स्वाहा पार्नेहरुको दिमागमा फलिया घरको जाबो २ किमी सडक मरमत गर्ने सोँचको विकास नहुनुलाई ढोरपाटनवासीले बुझ्न सकेका छैनन् या बुझेर पनि बुझ्पचाईरहेका छन् । निसीखोला तमानखोला, बडीगाड मात्र नभएर गल्कोट नगरपालिकालाई सेरोफेरो मेरो ठान्ने मानसिकताले नगरप्रमुखको ध्यान फलिया घरको सडक मरमततिर नगएको हो कि ? बुझ्नु पर्ने कुरा त के हो भने, कुनैपनि नगरप्रमुखको कार्यक्षेत्र भनेको आफ्नै नगरपालिका हो नकि अन्य गाउपालिकाहरु वा नगरपालिकाहरु हुन् ।

हिँजो मात्रै बडिगाड गाउँपालिका वडा नम्बर ७ गावँमा रहेको खड्क जयन्ती युवा क्लवले विजयादशमी २०७६ को अवसर तथा आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दशैँ विशेष कार्यक्रममा नगरप्रमुखले लाखौँ रकम सहयोग गरेका छन् । नगरप्रमुखको कमलो मन छ, सबैले उनलाईनै निम्ता गर्छन् । यसमा कसैलाई केहि भन्नु छैन ।

दश महिना पहिले निसीभूजी जनत क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्नका लागी आयोजित शैक्षिक एवं धार्मिक महोत्सवमा नगरप्रमुख दम्पतिले आफ्नो र नगरपालिकाका तर्फबाट रु ४१ लाख रुपयाँको अक्षय कोष स्थापना गरिदिने घोषणा गरेका थिए, तर त्यो रकम कहाँ रहेको छ जनताले जान्न पाएका छैनन् । क्याम्पस श्रोतका अनुसार अक्षयकोषको रकम कहिँ कतै जम्मा भएको छैन । अक्षयकोषको रकम मात्र होईन त्यस्को व्याजपनि क्याम्पसले पाएको छैन, क्याम्पस श्रोत भन्छ । सहयोगी मनका धनी नगरप्रमुखलाई कहिँ कतैबाट टीका टिप्पणी गर्ने मौका हात नलागोस् भन्ने उनका शुभचिन्तकहरुको कामना रहिआएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !