उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बन्न नदिने जर्नादन र गणेशमानको प्रपञ्च : सरोकार समिती

छविलाल पाण्डे बुर्तिबाङ २०७६ असोज १८ । ८ सय २८ मेगावाट क्षमताको राष्ट्रिय गौरबको आयोजनाको रुपमा मानीएको उत्तरगँगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण अगाडी बढ्न नदिइएको भन्दै सरोकार तथा सहयोग समितीले शनिबार प्रेश विज्ञप्ती मार्फत आफनो धारणा प्रस्तुत गरेको छ ।

लामो समयदेखि बन्ने भनिएको विद्युत आयोजना निर्माण अगाडी बढ्नमा नेकपाका नेता जर्नादन शर्मा र गणेशमान पुनले निरन्तर आयोजना असफल पनाउने प्रपञ्च रचिरहेको आरोप लगाउँदै स्थानीय केहि व्यक्तिहरुलाई समेत हतियारको रुपमा प्रयोग गरीरहेको आरोप लगाएका छन् ।

२०३८ सालमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग, जाइकाबाट अध्ययन भएको, २०६१ फाल्गुन २८ मा नेपाल विद्युत प्राधिकरणको नाममा तत्कालीन जलश्रोत मन्त्रालयबाट २०६१÷६२ विद्युत उत्पादनको सर्वेच्छेण अनुमती पत्र जारी भएर पनी लुकाई राखिएको अवस्थामा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना सरोकार समितीले ध्यानाकर्षण गराउँदा समेत निरन्तर रुपमा जर्नादन शर्मा र गणेशमान पुनले आयोजना बनाउन नदिने खेल खेलिरहेको बताउँदै सबै नागरिकलाई सचेत रहन सरोकार समितीका पदादिकारीव्दारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरीएको छ ।

शर्मा र पुनले बोबाङका स्थानीय धनबहादुर पुनलाई प्रयोग गरेर स्थानीयबासीलाई त्रसित बनाउने जस्ता खेल समेत भइरहेको स्मरण गराउँदै उनिहरुकै कारण सरोकार समिती तथा स्थानीयबासीलाई समेत सुरक्षाको अनुभुती हुने खालको अवस्था नरहेको र सरोकार समितीलाईनै कुनै समयमा प्रपञ्च रचि फसाउने जस्ता कृयाकलाप हुन सक्ने भन्दै निसीखोला र ढोरपाटन नगरपालिकाका जनतालाई त्यस्तो जालझेल पुर्ण गतिविधी, भ्रममा नपर्न सरोकार तथा सहयोग समितीका उपाध्यक्ष एवम् ढोरपाटन नगरपालिका वडा नं.९ का अध्यक्ष हरिबहादुर घर्तीमगरले आग्रह गरेका छन् ।

हाल उत्तरगंगा नदीको नियमित बहाब २.८७ क्युसेक्स यथावत राख्दै तल्लो तटीय आयोजनाहलाई ध्यानमा राखि ०.६५ थपेर जम्मा ३.५२ कयुसेक्स पानी भेरी जलाधार क्षेत्रतिरै छोड्ने आयोजनाको इञ्जिनियर डिजाइन भइसकेको समेत घर्तिले जानकारी दिए ।

आयोजनाले समयमा काम सुरु गर्ने वातावरण नभएका कारण गत असार मशान्तमा सर्वेच्छेण लाइसेन्सको समायबधि सकिएको छ । नेपाल सरकार विद्युत प्राधिरण अन्र्तगत उत्तरगँगा पावर कम्पनीले आयोजनाको जिम्मा पाएको थियो । आयोजना बन्नमा पुठा उत्तरगंगा गाउँपालिका अध्यक्ष, भुमे गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिका अध्यक्षको समेत आयोजना बन्न दिने मनसाय नभएका कारण उहाँहरुको समेत रोल क्रम रहेको बताउँदै शर्मा र पुनले विभिन्न वहानामा आयोजना बन्न नदिने र उत्तरगंगालाई बेचेर लाखौँ रुपैयाँ कुम्ल्याउने सपना रहेको आरोप सरोकार समितीले लगाएको छ । २०७४ जेठ १० गते प्राधिकरण सञ्चालक समितीको ७ सय ५२ औँ बैठकबाट साझेदारी खोजीको नाममा बेच्ने निर्णय गराएको अवस्थामा सरोकार समिती र स्थानीयबासीले रोकेपनी त्यसको सोझो फाइदा लिन पुन विभिन्न षड्यन्त्र भइरहेको उनिहरुको आरोप छ ।
यी लिंकहरुपनि पढौँ
उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बागलुङ जिल्लामा बन्नु उपयुक्त : डा भट्टराई

ढोरपाटनमा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुनेमा कुनै आशंका नगर्न आग्रह !

बुर्तिवाङमा उत्तरगंगा जलाशययुक्त जलविद्युत सम्वन्धी अन्तरक्रिया सम्पन्न !

जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना ढोरपाटनमै बन्छ !

उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना रोकिनुमा पूर्व मन्त्री जनार्दन शर्मा मुख्य कारक : सरोकार समिति

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !