लायन्स क्लब बागलुङ कालिकाको शुभकामना आदान प्रदान सम्पन्न !

बागलुङ २०७६ असोज १८ । विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा लायन्स क्लब अफ बागलुङ कालिका बागलुङले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले चाडपर्वलाई बढ्दो भडकिलो भन्दा पनि आफ्नो गक्ष अनुसार मनाउनुपर्ने बताएका थिए । सहभागीले अरुको देखोसिकिमा भन्दा पनि आफ्नै रिति अनुसार चाडपर्व बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष महेन्द्र खड्काले लायन्स क्लबले समाज रुपान्तरणका निम्ती अहम भुमिका खेलेको बताए । उनले आउँदै गरेका हरेक चाडपर्वलाई हर्ष उल्लासका साथ मनाउनका सहभागी सवैमा आग्रह गरेका ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सुवास आचार्य, निवर्तमान अध्यक्ष केशव बहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष गोविन्द्र बहादुर पौडेल‘गोपाल’को अध्यक्षता सचिव नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !