काठेखोला गापा वडा नम्बर १ को सक्रियतामा वडाको विभिन्न ठाउँमा सरसफाई !

रनिश रानामगर, बागलुङ २०७६ असाज १८ । विजयादशमीको पुर्व सन्ध्यामा काठेखोला गापा वडा नम्बर १ को सक्रियतामा वडाको विभिन्न ठाउँमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। जसमध्ये वडाको धिमी गाउँमा वडा सदस्य रिता नेपालीको उपस्थिति मा साविक दुई नम्बर वडा देखि साविक वडा नम्बर १ को धिमी करिना स्कुल वरपर तथा आ-आफ्ना टोलहरु सफा तथा बाटो मर्मत गरिएको वडा अध्यक्ष खडक थापाले जानकारी गराए । वडाको कार्यक्रम अन्तर्गत वडा बासिहरुलाई सामाजिक कार्यमा सक्रिय सहभागिता जनाई सामाजिक कार्यको महत्व जगाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त सरसफाई कार्यक्रममा जनताहरूको उल्लेखिय सहभागिता रहेको थियो। यस्ता सरसफाई कार्यक्रम चाडपर्व लक्षित नभई नियमित मासिक रुपमा हरेक आफ्नो टोल तथा गाउँ मा गर्दा अझै गाउँ घर राम्रो सफा हुनुका साथै सामाजिक कार्यमा जनताको साथ सहभागिता बढ्ने स्थानिय समाजसेवी तथा धिमी करिना माविका पुर्ब प्रधानध्यापक मान बहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !