पाण्डबखानीमा नव निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण !

सुरेश छन्त्याल, पाण्डबखानी बागलुङ २०७६ असोज १८ । गलकोट नगरपालिका १० पाण्डबखानीमा नव निर्मित स्वास्थ्य चौकी निर्माण सम्पन्न गरे लगत्तै च् कन्ड्रसन प्रालिका व्यवसायिक प्रमुख बसन्त केसीले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन्। स्वास्थ मन्त्रालयबाट विनियोजित रु. १ करोड ७७ लाखको रकमबाट नव निर्मित भवन सम्पन्न भएको हो।

त्यस्तै स्वास्थ चौकीर्क ईन्चार्ज अनिता कार्की र अनमी रन्जु यादवलाई विदा गरिएको छ। व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षतामा अहेब दिपेन्द्र गरेरीको स्वागत मन्तव्यबाट सुरु भएको विदाई कार्यक्रममा नगर सभा सदस्य गणेश शेरचन, वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि।क,राधिका पुन,ईन्जिनियर लछुमण थापा लगाएतको सहभागीता रहेकोे कार्यक्रमको संञ्चालन अनमि हेमा श्रीसले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !