लामो समय अनुगमन नहुँदा बजार भाउमा मनपरी, पक्की सडकमा कच्चीको भाडा असुली !

कमल पौडेल, खर्बाङ २०७६ असोज १८ । उपभोक्ताहरुको व्यापक गुनासो पछी बडीगाड गाउँपालिकाको टोलीले मध्यपहाडी लोकमार्ग भित्रको वजार क्षेत्रमा अनुगमन गरको छ। गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकीय अधिकृत वालाकृष्ण सुवेदी, स्थानिय प्रशासन, प्रहरी, वडा अध्यक्ष सहितको टोलीले हाडिखोला खर्वाङ देखि भिमगिठे सम्मको वजार अनुगमन गरेको हो । बजार अनुगमनको क्रममा मुल्यसूची नराखेको, गाउँपालिकामा दर्ता नगरेको, आन्तरीक राजश्व कार्यालयमा दर्ता नभएका पसल, होटल भेटिएको र एक पटकको लागी १५ दिन भित्र सवै काम गर्ने गरि जानकारी गराइएको गाउँपालिकाले जनाएको छ । लामो समयदेखि वजार अनुगमन नहुँदा बजारमा मनपरी भएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए ।

यस्तै यातायातका साधनहरुले पनि मनपरी भाडा असुलीरहेका छन्। नियामक निकायहरु मुखदर्शक बनेको देखिएको छ । मध्यपहाडी लोकमार्गमा सडक पक्की भएपनि यात्रुले कच्चिकै भाडा तिरेका छन् भने गाउँगाउँमा जाने पिकअप, जिपले मनपरी भाडा असुलीरहेका छन्।
यसैवीच उपभोक्तमन्चका अध्यक्ष शेलेन्द्र श्रेष्ठसंग सम्पर्क राख्दा बागलुङ नगरपालिकाको अगुवाईमा आज १० बजे देखी बागलुङ बजार अनुगमन गरिने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !