पवार खडका समाज बागलुङका शक्ति अस्ताए …

बागलुङ २०७६ असोज १६ । पवार खडका समाज बागलुङका शक्ति अस्ताए । समाजसेवी शिक्षाप्रेमी शक्तिबहादुर खडकाको हिँजो मणिपाल हस्पिटल पोखरामा उपचारका क्रममा निधन भएको हो । उनि ८६ वर्षका थिए । लामो समय सरकारी सेवामा रहेर निवृत्त भएका समाजसेवी खडकाको असामयिक निधनले पुरै खडका समाज स्तव्ध बनेको छ । अति मृदुभाषी स्व खड्का कसैको आँखामा नबिजाउने स्वभावका धनी थिए ।

उनले २५ वर्ष पहिले आफ्ना पूज्य पिताजी रणबहादुर खडकाको स्मृतिमा स्थापना गरेको रण स्मृति पुरस्कार केहि वर्ष पहिले स्थापना गरेको शक्ति पुरस्कार स्थापना गरेका थिए ।

स्व खडका सुगंगा स्मृतिकोषबाट प्रदान गरिने सम्मानबाट सम्मानित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !