सकारात्मक सोचबाट मानव जीवनको चौतर्फी विकास !

पोखरा, २०७६ असोज १४ । फलेपाटन टोल विकास संस्था पोखरा १५ को आयोजनामा शुभ कामना आदान प्रदान तथां सकारात्मक सोचको कला विषयक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भयो ।

टोल विकास संस्थाका अध्यक्ष नारायण गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा मानव जीवनको चौतफी विकासमा सकारात्मक सोचबाट हुने लाभ र नकारात्मक सोचबाट हुने हानी नोक्सानी, ध्यान, आध्यात्मिक चिन्तनको बारेमा प्रशिक्षण दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र्र दमैलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले सफल जीवनका लागि निरन्तर सद्विचारले सदैव सकारात्मक प्रभाव पारेको हुन्छ । हरेक परिस्थितिमा आशावादी विचार, दया, करुणका विचारहरुले मानव मनमा आन्तरीक उर्जाहरु थपिदै जाने अर्थात सशक्त बनाउने बताए ।
प्रमख अतिथि कास्की जिल्ला समन्वय समितिका सदस्य तोरन बहादुर बानियाले मन्तव्य व्यक्त गर्नु हुदै जीवनमा शान्ति, आनन्द, सुख प्राप्तिका लागि धन भन्दा पनि ठूलो विषय भनेको सच्चा समाज सेवा र सतकर्म रहेको बताए ।

परोपकार माहासंघ नेपालका केन्द्रिय अध्यक्ष कमलनयन गौतमले पनि मन्तव्य व्यक्त गुर्दै हाम्रो घर आगनमा आईरहेको बडादशै पर्वलाई सात्विक ढगले मनाउनको लागि जोड दिनु हदै भोजनमा सयंम अपनाउनको लागि अनुरोध गरे ।

कार्यक्रमको संचालन टोल विकास संस्थाका सचिव गोविन्द गौतमले गरेबम थिए भने प्रशिक्षणमा टोलबासी दिदी बहिनी, आमा, बाबाहरु सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !