प्रवास : नेपाली समाज अस्ट्रेलियाको उपाध्यक्षमा गल्कोटका सुमन खरेल चयन !

डा. बाबुराम भट्टराईले स्काईप मार्फत खुवाए समथ !

मित्र खरेल, गल्कोट २०७६ असोज १३ । नेपाली समाज अस्ट्रेलियाको उपाध्यक्षमा गल्कोट नगरपालिका ११ का सुमन खरेल चयन भएका छन् । गणेश तामाङ अध्यक्ष रहेको सो समितीको महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बसनेत छानिएका छन भने सदस्यहरुमा उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई रहेका छन् ।

उपाध्यक्ष सुमन खरेल
समितिको प्रवक्तामा गौतमबाबु तिवारी, पव्लिक अफिसरमा अभिषेक कुमार झालाई मनोनयन गरिएको छ । यसैगरी युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजाता पाण्डे गौतम, बिद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यू साउथवेल्थ संयोजकमा अमित शर्मा, तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्टर्न अस्ट्रेलिया संयोजकमा शिवराम पन्त चयन भएका छन् । यसैगरी समितिको सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुण कुमार तामाङ, कमला पोखरेल र पुरन सायमी तथा संरक्षक समितिमा

विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्रा तुम्बाहाम्फे, धनेन्द्र पियाक तथा तिर्थराज कार्कीलाई मनोनित गरिएको समितिका उपाध्यक्ष खरेलले ईबागलुङलाई बताए । नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजबादी फोरमबीच एकता भएपछी अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलिया र संघीय समाज अस्ट्रेलियालाई एकीकरण गरी नेपाली समाज अस्ट्रेलिया नामाकरण गरिएको उपाध्यक्ष खरेलको भनाई छ ।

सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट स्काईप मार्फत डा बाबुराम भट्टराईले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !