सिवाईसी सेवा केन्द्र बिहुँको १०औ बार्षिक साधारण सभा सम्पन्न !

बागलुङ २०७६ असोज १२ । काँठेखोला गाउँपालिका वडा न५ बिहुँ पखरा स्थित सिवाईसी बचत तथा ऋृण सहकारी संस्था सदस्य सेवा केन्द्र बिहुँले आफ्नो १०औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सो कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन सिवासी सेवा केन्द्रकी प्रमुख गंगा थापा र आर्थिक प्रतिवेदन संचालन समितिका कोषाध्यक्ष तुलसी शर्मा सुवेदीले प्रस्तुत गरेका थिए।
सो कार्यक्रमका बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा ५ का वडा अध्यक्ष शिव प्रसाद कडेंलले सहकारी कै माध्यमबाट सेयर सदस्यहरुलाई उद्यम गर्न लगानीको बातावरण सृजना गर्ने हुदा ब्यबसायिक बन्न सकिने र जनस्तरमा आर्थिक स्तर विकाश गर्न सकिने हुनाले सहकारीमा बचत मात्र हैन सेयर सदस्यहरु ले आफुँ सक्षम बन्न उनिहरुमा इक्षाशक्ति हुने पर्ने बताए। उनले सहकारीले जनस्तरमा परिवर्तन ल्याउने हुनाले सहकार्यकै माध्यमबाट अघि बढ्नु नै संहकारीको उदेश्य रहेको बताए।

सो कार्यक्रममा गाउंकीर्यपालिका सदस्य हेमलाल विश्वकर्मा दलित संघ का केन्द्रिय प्रतिनिधि हर्कमान विश्वर्कमा अमर मा बि का प्रधानाध्यापक भिष्म कडेंल उपसमिति संयोजक छबिलाल कडेंल ग्यामनाथ कडेंल ,लिलाधर कडेंल भरत सापकोटा लगाएतले शुभकामना मनतब्य राखेका थिए।

वडा सदस्य एवं सचालक समितिका सदस्य खगिशरा न्यौपाने स्वागत रहेको कार्यक्रमा सचालक समितिका संयोजक चुडामणि कडेंलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सेयर सदस्य एवं शिक्षक दुर्गा बहादुर पुनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !