बडादशैँको पूर्वसन्ध्यामा गल्कोट सर्दाखेतको मोटरबाटो मरमत !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ असोज ११ । गलकोट नगरपालिका ५ सरदाखेतमा मोटरबाटो मर्मत गरिएको छ । स्थानिय सरदाखेत टोल समितिले दशैको पूर्वसन्ध्यामा ग्रामिण मोटरबाटो मर्मत गरेको स्थानिय मनोज कार्किले बताए ।

हिन्दुहरूको महान पर्व बडादशैको समयमा स्वदेश तथा विदेशबाट आउने यात्रु तथा गाउघरमा आवश्यक सामाग्रि सहज तरिकाले लैजाने उदेश्यले मोटरबाटो मर्मत गरिएको कार्किको भनाई छ । गाउका करिब ४०,५० जनाले हरिचौरको बसाह फाटदेखि गलकोटको पर्यटकीय क्षेत्र टेउवा सम्म मर्मत गरेका हुन ।मोटरबाटो मर्मत भएसंगै घुमफिर तथा बनभोजका लागि टेउवा जान समेत सहज भएको स्थानियको भनाई छ। बर्षातका कारण खाल्डाखुल्डि परेको मोटरबाटो मर्मत भएसंगै गाडी तथा पैदल यात्रुलाई समेत सहज भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !