लुट्ने सहर : सत्य कथा

सोम शर्मा

अनुहारभरी पसिना रसाइरहेका थिए,केही थोपा त तप तप झरिरहेका पनि थिए,आंखामा सन्त्रासको बास थियो, उस्को मुटुको कम्पनको त कुरै नगरौं, त्यस्को आबाज बाहिरैबाट सुन्न सकिन्थ्यो, अनि उस्को ओठबाट निस्किरहेका केहि शब्द थिए” अब म यो संसारमा बांच्दिन यार” अंह अब मलाइ यहाँ बांच्नु छैन। अब म कसैंसंग मुख देखाउन लायक नै रहिन, अनि म उस्लाइ सम्झाउंदै उस्को कांध थुमथुम्याउंदै बसेको थिएं। धत पागल जिन्दगी यसै आको हो र सिधा जीवन सक्छु भन्छौ, जीवन संघर्षको अर्को रुप हो यस्लाइ अनेक संघर्षमै कटाउ, अनि अनेक दुखमै कटाउ, सायद सहिमा जीवन नै यहि रहेछ ।

तर उ मानिरहेको थिएन कारण एउटै छ उस्मा अब बांच्ने चेष्टा नै थिएन,उस्मा यो लागेको थियो लि बास्तबमै मेरो जीवन अब सकिएकै हो, अब अन्य बाटाहरु र बिकल्पहरु बांकी रहेनन। यो संवाद धेरैबेर चलिरह्यो धन्न उस्को भौतिक शरिरलाइ जिबित राख्न सफल भए तर उस्को भित्री मन मरिसकेको थियो ।

यस्को भित्री आबरण बुझ्न जाउं अब केही समय अघि । घटनाको गोप्यता र संबेदनशिलतालाइ मध्यनजर राखेर हरेक ठाउँ,नाम र केही घटनाक्रमलाइ परिवर्तन गरिएको छ ।यी सब कुरा उस्को अनुमतिमै लेखिएको हो ।

म आफ्नो ठाउँ छोडेर जीबनको नयां गन्तब्य खोज्न काठमान्डु आएको थिएं, बसाइ कलंकिमा थियो, नयां नयां घर थियो त्यैपनि छेवैको रुममा एउटा मेरै उमेरको केटा साथी बस्दोरहेछ”समीप”, म पनि एक्लै र उ पनि एक्लै भएकोले हाम्रो चिनजानलाइ धेरै समय लागेन, हामी आत्मिय नै भैसकेका थियौं। म पुतलिसडकमा आइटि टेक्निसियन थिए, उ बानेस्वरमा कफि सपको अकाउटेन्ट र बारिस्टा थियो। लगभग हामी सुख दुखका साथिझै भैसकेका थियौं । घरदेखी टाढा हुंदाको पीडा अनि नया जिबनको गन्तब्यतिर लम्किंदाको पीडा । तर उस्को जिबनको गति अलि बेग्लै झैं लाग्थ्यो, बेला बेलामा तल बाटोमा रातो पिलेटको सानदार गाडिबाट ओर्लिरहेको हुन्थ्यो उ, उस्को शरिरमा भरिएका गहनाको तालमेल नै अप्रत्यासिलो थियो, उस्को जागिरले उस्लै त्यति ठूलो हैसियतको पार्ने खालको थिएन झै लाग्थ्यो मलाइ । उस्को कोठामा कहिले काहीँ केही मान्छेहरु आउंथे, हर हर अत्तरको बास्ना फ्ल्याटभरी छरिन्थ्यो उस्का पाहुनाहरुको, सोध्थें मैले को हुन यिनिहरु, उ भन्थ्यो हाम्रो बोस हुन, कहिले अन्टिहरु या कहिले भाउजुहरु पनि भन्थ्यो, लगभग दुई बर्ष भएछ उस्ले त्यहा बस्न लागेको र काममा लागेको पनि, पहिला त हेल्पर थियो रे कफि सपकै सिनियर म्यानेजर भएछ ।

उस्को बोसको कफि सपमात्रै काठमान्डूमा आठओटा रहेछ, र एउटा सान्दार होटल पनि । उस्ले बेला बेलामा आफ्ना यस्ता कुरा शेयर गर्थ्यो । उ धेरैजसो कोठामा नै आउंदैनथ्यो, कहिले अबेर राती आउंथ्यो त्यो पनि रातो गाडिमै। लिन आउने छोड्न आउने ती थरी थरिका गाडिप्रती मलाइ उत्सुकता जगेर सोध्दा कहिलेकहिं अफिसमा ढिला भयो भने बोसले छोड्ना आउंछिन र कहिले मलाइ छिटै जानुपर्यो भने लिन आउंछन । यस्सो एक दुइपटक उ झर्ने अनि म बाहिर निस्कने संयोग परेको हुन्थ्यो यस्सो गाडी हेर्थे, ठूलो फोर्ड गाडी हुन्थ्यो, कहिले ड्राइभर महिला त कहिले पुरुष ड्राइभरकै भेषमा नै देख्ने गर्थें, मलाइ देख्दा मुसुक्क हांस्दिन्थ्यो म नि मुस्स हांस्दिन्थें, अनि केही आंखाका नानी बटारेर ल म गएं है भन्ने भाव देखाउँथ्यो म बाहिरै हुन्थें उ हात मिलाउंथ्यो अनि भित्र रुममा पस्थ्यो । म मात्रै हैन त्यहां बस्ने हरेक ब्यक्ती अचम्मित हुन्थे नै ।
हाम्रो सामिप्यता छिमेकी भएर धेरै समयसम्म रहेन, म आएकै २ महिनामा उ कोठा सर्यो, अरे यार किन सर्न लागेको भन्दा मलाई यहां अलि टाढा भयो भन्ने उत्तर पाको थिएं, उ अनामनगरको अपार्टमेन्टमा फ्लाट लिएर बस्न हिंडेको भन्दा म अझ चकित परें, उस्को आर्थिक आम्दानी त्यति मथी थिएन जसरी उस्ले मलाई भनेको थियो, तर उस्ले मासिक 40000 पर्ने अपार्टमेन्टको फ्ल्याट भाडामा लिनुलाइ मैले सहज मान्नै सकिन, हैन के भन्या यो तैंले, त्यत्रो महंगो फ्लाट तंलाइ किन यार ? उ धेरै अनुत्तरित थियो तैपनी जिब्रो बटारी बटारी हाम्रो बोसको शेयर भएको अपार्टमेन्ट हो त्यो, त्यहा उस्ले धेरै फ्यासिलिटी पाउंछु, पैसा नि आफ्नै बोस भएपछी मिलाउलान नि भन्ने जस्तो अपाच्य कुरा भनिरहेको थियो, मेरो अन्तरंगमा एउटा कुराले मज्जाले झटारो हानिरहेको थियो कि आखिर यस्लाइ उस्को बोसले यति धेरै केयर किम गरिरहेका छन त ?
यस्को जबाफ मैले धेरै पछि पाएं, जब उस्को र मेरो कुराकानी फेस्बुकको म्यसेन्जरमा भएको थियो उस्ले मलाई तिम्रोतिर कोठा खोज्देउ न भनी म्यासेज गर्यो, म एक मनले अचम्मीत हुँदै सोधें अरे के भनेको तिमी फेरि किन कोठा चाहिएको तिमिलाइ ? तिमी त त्यति राम्रो अपार्टमेन्टमा बसेका छौ सरेका छौ ?? उताबाट भावनात्मक शब्द बर्सिरह्यो, सोम तिमिले सोचेजस्तो छैन म, न मेरो जीवन तिमिले सोचेजस्तो छ, म बस मर्न मात्र सकेको छैन, म घुटनमा बांचिरहेको छु, प्लिज मलाइ सहयोग गर, म यो अपार्टमेन्टमा बस्न सक्दिन, प्लिज मलाइ रुम खोज्देउ न है । पैसाको पिर नगर, जति भएनी तिर्छु म । म उस्का यी शब्दले निकै झसंग हुन पुगे, म मेरा औंलालाइ कता घुमाएर के शब्द लेखु थाहै भएन, मलाइ उस्को ती हरेक शब्द शब्दमा उस्को गहिरो पिडाको भाव महसुस भयो, के भयो र बिमल किन यस्तो भनेको ? उ धेरै बोल्न चाहेन, भेटेर भन्नेछु है भन्यो, मलाइ झन कौतुहलत जाग्न थाल्यो, आखिर उस्लाइ भयो त के भयो ? मभित्रको कौतुहलताले उस्लाइ एक कल गर्यो अनि सोंधे, के हो खास कुरा भन त मलाई ? र पिर नगर म दिन्छु तिमिलाइ साथ । उस्को बोलिमा त झन अधिक पिडाको महसुस मैले गरिसकेको थिएं, उस्लाइ धेरै भनिन, ल आउ मेरो कोठामा मसंगै बस कतै कोठा नपाउनेबेलासम्म । उस्ले चिनेको धेरै थिए यो काठमान्डुमा तैपनी उस्ले मलाई नै निकै बिश्वास गरेर आफ्ना मनमा भावहरु ब्यक्त गर्यो, हुन्छ सोम म आउंछु ।

म उस्लाइ भोलि नै आफ्ना सामान लिएर आउन आग्रह गरें। भोलिपल्ट म अफिसबाट फर्किंदा फोन गरेर उस्कै अपार्टमेन्टको बाटो हुँदै आएं, उ आफू अलि पर रहेको र त्यतै आउन आग्रह गर्यो, थोरै पर एउटा पिपलको रुखनेर उ बसिरहेको थियो, हातमा एउटा हातेझोला र लगेज थियो। मैले उस्लाइ आउ बाइकमा बस भनी कोठामा लगें , बस मलाइ अरु केही हैन उस्को पिडाका एक एक शब्द र कारण बुझ्नु थियो र मैले उस्को पिडामा सक्दो मलम लगाउनु थियो । उ कोठमा पुग्दा वरिपरिकाले के छ भन्दै सोध्दै थिए, उ एक शब्द बोलेन, बस मुन्टो हल्लाएर ठिक छ भन्ने संकेत मात्र गर्यो, भित्री मन उस्को निकै क्षेद बिक्षेद भएको छ तैपनि उ हल्का मुस्काउन छोडेन जब मुन्टो हल्लाएर ठिकै छ भन्दै थियो ।

रुममा पुगियो, उस्का सामान मैले एक ठाउंमा राख्दिएं, रुम लक गरें मलाइ अरु केही जान्न थिएन बस उस्को जिबनको त्यो तितो घटना जस्ले उस्लाइ त्यति चांडै माथी उकालेर यति चांडै ओराली झारेको उस्को आत्मबृत्तान्त मलाइ सुन्न थियो, छेवैमा जांदै उस्को हात समाउंछु र भन्छु साथी चिन्ता नगर म छु तिम्रो साथमा छु, भन किन यति चिन्तित छौ तिमी, आखिर के कारण हो तिमी जस्ले तिम्लाइ यतिसम्म हिनताबोध भैरहेको छ , एक्कासी उस्को आंखाबाट आंशुको मुल फुट्न थाल्छ, मुख छोपेर घुंक्क घुंक्क गर्न थाल्छ, म उस्को हात अनुहारबाट निकालेर सान्त्वना दिंदै हुन्छु, प्लिज भन के भयो, म तिम्रो साथी हुं तिम्लाइ परेको दुख मेरो लागि पनि पिडादायी नै हो , मेरो धेरै आग्रहमा उस्ले आफ्नो आँसु पुछ्दै त्यो उस्को तितो कहानिको सुरुवात गर्न थाल्छ ।

” आजभन्दा करिब ३ बर्ष अगाडि म अर्घाखाँचीबाट प्लस टु सकेर ब्याच्लर पढ्नको लागि काठमन्डु आएं, घन्टाघरको त्रीचन्द्र क्याम्पसमा म ब्याच्लरको लागि ज्वाइन भएं, पढाइसंगै खर्चको पनि जोहो गर्नुपर्ने भएकोले म जागिरको लागि पनि भौतारिरहेको थिएं, एक दिन एउटा रास्टृय पत्रीकामा कफि सपलाइ अकाउन्टेन्ट र अन्य सहयोगिको लागि जागिर खुलेको देखें, भोलिपल्टै म अकाउन्टेन्टको लागि भनेर चट्ट सर्ट पाइंन्टमा सजिएर हिंडे बानेश्वरको गाडीमा । क्रमश..

बागलुङ २०७६ असाेज ११ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !