तारा हिलका युवा तेजेन्द्र खत्रीले युरोपको अग्लो हिमालमा नेपालको झण्डा फहराए !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७६ असोज ११ । नेपाल सर्वोच्च शिखर सगरमाथा भएको देश भएकाले विश्वको ध्यान नै नेपालमा छ । एक नेपाली नागरिकले युरोपका ठुलो र अग्लो हिमाल Mount Albrus (५ हजार ६ सय ४२ मिटर अग्लो) हिमालमा नेपालको चन्द्र सुर्य अंकित राष्ट्रिय झन्डा फहराएका छन् । युरोपको हिमालमा लहराउने युवा गण्डकी प्रदेश बागलुङ ताराखोलाका ३ हिलका तेजेन्द्र खत्री क्षेत्री हुन । उनी सागर के सी उपनामले चिनिन्छन् । उनी पहिलो पटक सन २०१८ अगस्त ९ र पुन दोश्रो पटक सन २०१९ अगस्त १५ सफल आरोहण गरे ।

उनी हाल भारतीय सेनामा कार्यरत छन् । Mount Climb को लागि भरतीय सेनाबाट Slected भएर युरोपको अग्लो हिमाल Mount Albrus चढन को लागी अबसर मिलेको हो । खर्चको हिसावले करीब एक व्यक्तिको लागि नेपाली १ करोड रुपैयाँ बाराबर खर्च लेग्ने केसीले बताए । तर खर्च भरतीय आर्मीले व्यवस्थापन गरेको हो ।

भारतबाट २० दिनको यात्राले चुचुरोमा पुगेर भारतको झन्डा फहराउन पुगेका केसीले साथमा नेपालको झण्डा बोकेर गए । जागिरे जीवन भारतमा भएपनि नेपाली मातृ भावनाले ओतप्रोतका कारण सागर केसी आफ्नो नेपालीको सानको लागि आफुले झोलामा नेपालको झण्डा लगी युरोपको अग्लो शिखर ःयगलत ब्दिचगक मा नेपालको झण्डा फहराएका हुन । उनी भारतीय सेनाको टोलिबाटै २०२० मा सगरमाथा आरोहणका लागि पनि छनोटमा परेका छन् । यश अघि बागलुङका भुवन सिंह विश्वकर्मा पनि भारतीय सेनाको तर्फबाट अन्तार्टिकामा पुगि नेपालको माटो चढाएका थिए । यसरी जागिरको शिलशिलामा नेपालीहरु जहाँ पुगेपनी आफ्नो जन्म देशको माया प्रेम शिरमा चढाएर हिँडेको पाईन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !