बागलुङ सेवा समाज क्यानडाद्वारा सर्वोदय माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान !

केशबराज क्षेत्री, बरेङ २०७६ असोज १० । बागलुङ समाज क्यानडाले सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र विद्यार्थीलाई छात्रवृत्तिद्धारा सम्मान गरेको छ ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थी बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट झुलेका भिम बहादुर छन्त्याललाई शुक्रबार बागलुङ समाज क्यानडाका संयोजक मतिप्रसाद पाध्याद्धारा छात्रवृत्तिद्धारा सम्मान गरिएको हो ।

संयोजक पाध्याले एक कार्यक्रमका बीच विद्यार्थी छन्त्याललाई स्टेशनरी सामान, विद्यालय पोशाक र नगद रकम सहित रु.७ हजार १ सय बराबरको छात्रवृत्ति दिएका हुन् । २०७२ बैशाख १८ गतेकोे आगोलागीबाट पीडित घरधुरिमध्य एक जना गरिब जेहेन्दार, लगनशील विद्यार्थीलाई कक्षा १० सम्म निशुल्क पठनपाठन र पठनपाठनमा लाग्ने सम्पुर्ण शुल्क बेहोर्ने प्रतिबद्वता अनुसार अध्ययन गर्नका लागि राहत हुने गरि छात्रवृत्ति दिने गरिएको पाध्याले बताए ।

सर्वोदय माध्यमिक विद्यालयले भने बागलुङ क्यानडा समाजले प्रशंसनीय काम गरेको र आगामी दिनमा अझ बढी भन्दा बढी यस्तै गरिबदुखी विद्यार्थीलाई सहयोग गर्ने कार्य गरोस् भन्दै शुभकामना दिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रम सर्वोदय माध्यमिक विद्यालयका शिक्षक ओम बहादुर पुनले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !