गुल्मी २०७६ असोज १० । गुल्मी जुभुङ्घकी एक सुत्केरी महिला घर भित्र थिईन । खुल्ला रहेको ढोकामा अज्ञात चोरहरुले बाहिरबाट ताला लगाई दिएर बाहिर उनी सुत्ने कोठामा रहेको २० हजार नगद र करिव दुई तोला जति सुनका गहना चोरेर भागे । तर सय भन्दा तलको रकम त्यही छाडेर हिडे ।
यता दुबिचौरमा १७ घरमा ताला फोडे तीनै अज्ञात चोरहरुले । उनीहरुको तरिका गजव छ कि ती घरहरु मध्ये धेरै जस्ता घरहरुको ताला मात्रै फोडेका छन र भित्र भने नपसी गएको स्थानिय लिलबहादुर बस्नेत बताउछन । उनी भन्छन –‘सुन र हजार भन्दा तलको पैसामा उनीहरुको नजर नै नगएको पाईन्छ , सय सयका नोटहरु धेरै घरहरुमा छाडेर गएको पाईयो ।
रेसुङ्घा नगरपालिका त्यस वडा नम्वर १३ मा मात्र होईन वडा नम्वर ३ को भाडगाउँमा पनि त्यस्तै ब्यवहार देखाउने अज्ञात चोरहरु पुगेको त्यहाँका वडाध्यक्ष थम्मन केसीले बताउँदै भने–रातीमा हाम्रो गाउँका दुर्गा खनालको घर फोडेर नगद र सुनचाँदी खोजेछन । त्यो नदेखे पछि अरु सामान चोर्दै नचोरी गए छन । केहि बहुमुल्य बस्तु र नगद बाहेक अरु सामान र कम पैसा नचोर्ने ती चोरहरुको रवैया बढो गजबको छ ।
विभिन्न सञ्चार माध्यममा चोरी भएका घरहरुको संख्या तोकिए पनि प्रहरीले एकिन हुन नसकेको जनाएको छ । केहि हप्ता अर्को एउटा गजको चोर जसले कसैको घरको ताला फाड्यो र भित्र पसेर रातभरको जिवन रंङ्घिन बनाए । दुई तले पक्की भवन । घरका मानिस बुटवल गएका । सम्भ्रान्त परिवारको सिटिङ्घ रुमको सोफा सजिसजाउ देख्यो ।
त्यसैमा घर मालिक जस्तो बनेर बस्यो । दराजमा कुन व्राण्डको ह्वीस्की पिउने हो कि रम ? रोजाई उसको भयो । डाईनिङ्घ टेबुलम शान संग बसेर पियो । मदिराको मात नचढ्ने बेला सम्म केहि विदेशी ब्राण्डका बोतल र नगद सरसमान अलिपर झाडीमा लगेर लुकायो ।
साथमा अरु सात जना साथीहरु पनि संगै आएका थिए भन्ने मान्छे राति अरु साथी चोरेर भागेको पनि उसलाई पत्तै भएन । मस्त पिएर कहिले एउटा रुममा कहिले अर्को रुम त विहानीपख छतमा स्वच्छ हावा खान उक्लियो । मदिरको मातमा छ उ ।
जसले म चोर्न पसको हुँ भाग्नु पर्छ भन्ने कुरा नै भुलेर घर मालिकको झै विलासी जीवन बिताई रहेको बेला अर्को दिन विहान हात–हातमा लाठी लिएर पचास साठी जनाको समुह घर घेर्दै तल झर भन्न थाले पछि बल्ल उसलाई थाह भयो कि आफु चोर्न पसको तर भाग्न भने भुलेको कुरा ।
बाहिरबाट मानिसहरुले घेरेपछि सुरक्षित हुन भित्रबाट चुक्कल लगाएर टेबुल मुनी लुकेका त्यो चोरलाई प्रहरी आयो र सुरक्षित रुपमले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । ती चोरी काण्डका पात्र थिए रेसुङ्घा नगरपालिका वडा नम्वर ३ का आशिष बिक । उनी धुर्कोट गाउँपालिका ६ का झविन्द्र अर्यालको घरमा चोर्न पसेका हुन ।
दशै भित्रिए संगै चोरीका घटना विगतका बर्षहरुका पनि बढ्ने गरेका थिए । लुटपातको डर पनि हुने गरेको छ । पुर्वी रुकुमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले पनि एक घरमा पसेर चोरी गरेका युवाहरुलाई पक्राउ गरिएको जानकारी दिए ।