बेनपा-६ भक्किम्लीका किसानहरुलाई अनुदान र सस्तो व्याजमा ऋणको प्रलोभन देखाएका ठगी !

रामप्रसाद घिमिरे, म्याग्दी २०७६ असोज ८ । गत असोज ६ गते बेनी नगरपालिका ६ भक्किम्लीको वडा कार्यालमा भेला भएका किसानहरुलाई बाख्रापालनका लागी रु ५ लाख अनुदान र ८ प्रतिशत व्याजमा रु १० लाख ऋण पाईने प्रलोभन देखाएर म्याग्दी रघुगंगा गाउपालिका ३ का आफुलाई रुद्र भण्डारी बताउने अन्दाजी २६।२७ वर्षकाृ अनुप भण्डारीले ५ जना किसानहरु संगबाट जनही रु ३५००। का दरले रु १७५००। उठाएर ठगी गरेको रहस्य खुलेको छ । निज युवकले ठगिएका दुई किसानहरु कहाँबाट रु १२ हजार र रु १४ हजार मुल्यका दुई बोकाहरु पनि लिएर हिँडेको किसानहरुले बताए् ।

वडा कार्यालयमा जम्मा भएका किसानहरुले डीआईसीए एनआईसीए नामको अमेरिकी बैँक बागलुङबाट बाख्रापालन व्यवसायका लागी अनुदान र ऋण उपलव्ध हुने र रु ३ हजार ५ सय शुल्क सहित ऋण आवेदन फाराम भर्नुु पर्ने बताएपछी किसानहरुले यसलाई राम्रो अवसरको रुपमा लियौँ तर पछी आफुहरु ठगिएको आभास मिल्यो, पीडित मध्यका किसान भीमबहादुर रोकाले भने, ‘थोरै बाख्राहरु देखाए पनि ऋण दिन्छौँ भनेर फसायो ।’

‘निज भण्डारीले असोज ४ गतेबाट फोन गरिहेको थियो, सर, म्याग्दीका गाउतिरका किसानहरुलाई सहयोग गर्न आउँदै छुु’ भन्यो मैले त आउनुस भनी हाले वडाध्यक्ष पदम पुनले ईबागलुङसंग फोनमा भने, ‘बाख्रापालनका लागी अमेरिकन डीआईसीए।एनर्आसीए बैँक बागलुङबाट पाँच लाख रुपयाँ अनुदान र ८ प्रतिशत व्याजमा रु दश लाख ऋण पाईने स्किमबारे जानकारी गराउदै आफुलाई लिन मोटरसाईकलको व्यवस्था गरिदिन अनुरोध गरेको थियो मैले व्यवस्था गर्न नसक्ने बताए पछी उ अन्य साधनबाट भक्किम्ली आएर भेट्यो । वडा कार्यालयमा किसानहरु जम्मा भएका थिए, म भने बेफुर्सदीका कारण जान पाईन । त्यसले छलकपट गरेर ठगेर गयो, त्यस्को खोजतलास गरिहेका छौँ ।’

ठगिएको थाहा पाएपछी पीडितहरुले असोज ६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिए । भण्डारी आफु बागलुङ बजारको श्री नगरटोलको एक होटलमा बसेका बताएको प्रहरीलाई जानकारी गराएको पीडितहरुको भनाई छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा आएर पीडितहरुले ठगिएको व्यहोरा अवगत गराएपछी सामुदायिक प्रहरी कार्यालय बानपा १ रामरेखामा सम्पर्क राख्न पठाएपछी त्यहाँबाट खटिई गएका प्रहरी नायव निरीक्षकले श्रीनगरको आरती होटेलबाट निज भण्डारी फरार भैसकेको र कोठामा रहेको भण्डारीका व्याग बरामद गरी पीडितहरुलाई जिल्ला प्रहरी कार्यालय बनी म्याग्दीमा पठाएका थिए ।

निज ठगको बारेमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव शर्माले निजले यस अघीपनि यस्तै ठगी गर्ने गरेको बताउदै निजको खोज तलास भैरहेको बताए ।

भण्डारीले किसानहरुबाट ल्याएको बोकाहरु बागलुङ नगरपालिका शिवधाराचोक स्थित रेजिना तन्दुरी रेष्टुरेण्टमा रु ८ हजार र १० हाजारमा बिक्री गरेका थिए । रु १० हजारमा किनेको बोका काटेर विक्री भैसकेको र अर्को बोकाका धनी पीडितले रकम तिरेर लगेको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !