श्रीमानको मृत्यु पछि बिचल्ली परेको परिवारलाई अमेरिकाबाट अमर क्षेत्रीको सहयोग !

होम बि क, गल्कोट २०७६ असोज ७ । स्व सोम बहादुर नेपाली मृत्यु भएर परिवारको बिचल्ली भएको समाचार ईबागलुङमा प्रकाशित भएपछि अमेरिकाबाट समाजसेवी अमर क्षेत्रीले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मानिसलाई ऋण लागोस दिन नलागोस भनिन्छ तर स्व नेपालीका परिवारलाई ऋणपनि लागेको छ र दिन पनि लागेको छ । गल्कोट नगरपालिका २ पायौडाँडा घर भई लामो समय देखी जागीरको सिलसिलामा भारतमा बस्दै आएका स्व नेपाली सुगर ९मधुमेह० रोगबाट ग्रसित हुन पुगे । सम्पुर्ण परिवारको जिम्मेवारी रहेका नेपाली भारतमै रहने क्रममा उनको अचानक मृत्यु भयो । परिवारको एक मात्र सहारा नेपालीको मृत्यु पछि आर्थिक रुपमा एकदमै निम्न परिवार बेसाहारा हुन पुग्यो । उनको श्रीमती १ छोरा २ छोरी सानो सानै छ्न । उनिहरुको पालन पोषण गर्न शिक्षा दीक्षा कसरी गर्ने भन्ने स्व नेपालीकी श्रीमतीलाई पीडाले सताएको छ ।

समाजसेवी अमर क्षेत्री
समाचारलाई आधार मानेर समाजसेवी क्षेत्रीले स्व नेपालीको परिवारलाई तत्काल रु ४५८००र( आर्थिक सहयोग गरेका छन भने मासिक रुपमा पनि सहयोग गर्ने वचन दिएका छन् । उनले पहिलो किस्ता रु १५२००र( पठाई सकेका छन् र यो रकम स्व नेपालीको श्रीमती खगी नेपालीलाई हस्तान्तरण गरिसकिएको छ । यो रकम पाए पछि खगी नेपालीले भनिन् हामीलाई परेको दुखको समयमा समाजसेवी क्षेत्रीको सहयोगले केहि बच्ने हिक्मत आएको छ । मैले उहाँलाई मन बाट भगवान रुप आए जस्तो सम्झेको छु । उहाँ बाट आएको रकमले छोराछोरीको राम्रो संग शिक्षा दिक्षा दिने छु बाकी बचेको पैसा घर खर्च चलाउने छु ।

समाजसेवी क्षोत्रीले स्व नेपालीको परिवारलाई मात्र हैन धेरै संघ सस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । काठमाडौ बालुवाटार निवासी समाजसेवी क्षत्री अहिले अमेरिका आफ्नो ब्यवसाय गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !