नारायण रिजाल,बागलुङ २०७३ चैत २५ । सांसद प्रकाश शर्मा पौडेलले हरेक नेपाली जनताको अधिकार सुनिश्चित गर्ने पार्टी भनेकै नेपाली काँग्रेस रहेको दावी गरेका छन । नेपाली काँग्रेस बा.न.पा. १३ नारायणस्थानले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सांसद पौडेलले विभिन्न वर्ग समुदायलाई समेटी समाज रुपान्तरणका लागि अग्रसर भएको नेपाली काँग्रेसलाई स्थानिय तहको निर्वाचनमा पनि पहिलो स्थानमा ल्याउनका लागि कार्यकर्ता समक्ष आग्रह गरे ।
नेपाली काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति समेत रहेका पौडेलले गाउँको विकासका लागि स्थानिय तहको निर्वाचन पछिको नेतृत्वले थप सहज बातावरण सिर्जना गर्ने बताए । भेलामा ने.क.पा. एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी केन्द्र लागायतका पार्टी परित्याग गरी ३२ जना भन्दा बढि कार्यकताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सचिव नवराज पौडेल, पुर्व कार्यबहाक सभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, काँग्रेस बागलुङका जिल्ला सदस्य एवं युवा नेता बसन्तकुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, महाधिवेशन प्रतिनिधि मन्जु चालिसे, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा (बाबु) बागलुङ नगरपालिकाका नगर सभापति महेन्द्र आचार्य, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष राम प्रसाद अधिकारी, माओबादी केन्द्रबाट नव प्रवेशी जमुना नेपाली, पुर्व जिल्ला सदस्य कृष्ण बहादुर खत्री, नारायणस्थानका पुर्व पाटि सभापति दिर्घनारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम टोल संयोजक हरिकुमार श्रेष्ठको अध्यक्षता काँग्रेस नारायणस्थानका पार्टि सभापति चक्रबहादुर खत्रीको स्वागत, कमल कुमार जि.सी. र नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।